गोपाल काफ्ले
पथरी, २० असोज
पथरी । जनताको साथ, सपोट र विश्वासलाई काधमा राखि स्थानियको अपेक्षा अनुरुप नेपाल प्रहरीले काम गर्दै आएको र गर्ने कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले बताउनु भएको छ । प्रमुख खापुङले इलाका प्रहरी कार्यालय पथरी मोरङको सम्पन्न नवनिर्मित कार्यलय प्रमुख निवास भवनको उद्धघाटन गर्दै उत्त कुरा बताउनु भएको हो ।
प्रहरी नायव महानिरीक्षक खापुङले कार्यक्रममा बोल्दै जनताले बनाईदिएको उत्त भवनमा जति आरामले बस्न सकिन्छ त्यत्तीनै जनता प्रति उत्तरदायी भएर काम गर्ने बताउनु भयो । खापुङले पथरी ईलाका रहेको जमिन हाल सम्म पनि नेपाल सरकारको मतहतमा नरहेकोले कुनै बजेट नआएकाले उत्त बाधा फुकाई निकास निकाल्नु पर्ने बताउनु भयो । पथरी शनिश्चरे क्षेत्रमा ठुलो समस्या रहेको लागू औषध दुर्ब्यसनी नियन्त्रण गर्न अब प्रत्येक घरका आमाहरु लाग्नु पर्ने बताउनु भयो । प्रहरी एक्लो प्रयासले मात्र समाज सुधार गर्न संभव नहुने यसमा समुदाय र प्त्येक नागरिको पनि उतिकै जिम्मेवार हुनु पर्ने खापुङले बताउनु भयो ।
डीआईजी खापुङले लागू औषध नियन्त्रणमा प्रहरी एक्लैले नसक्ने भन्दै स्थानीय सरकार र संघ संस्थाहरुको सहभागिता आवश्यक रहेको बताए ।
जनताले दिएको भवनमा बसेर जनताकै अपेक्षा अनुसार शान्ति सुरक्षामा कायम गर्ने जिल्ला प्रहरी कार्यलय मोरङमा प्रहरी उपरिक्षक नवराज कार्कीले बताउनु भयो । प्रहरी उपरिक्षक कार्कीले प्रहरी संगठन प्रति पथरी शनिश्चरे नगर, कानेपोखरी गाउँपालिका र स्थानिय ब्यापारी, समाजसेवी, राजनितीदलले देखाएको सहयोगको प्रशंसा गर्नु भयो । उहाँले भन्नु भयो सरकारी कार्यलयको स्तरउन्नतीमा यहाँहरुले खेलेको भुमिका प्रति यस प्रहरी कार्यलयका सधै आभारी रहने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले ईलाका प्रहरी कार्यलयको पथरीको पछिल्लो कामको प्रसंसा गर्दै जनता प्रति उत्तरदायी बन्ने प्रहरी संगठनलाई पथरीशनिश्चरे नगरले संधै सहयोग रहने बताउनु भयो । पछिल्लो समय अलि सेलाएको प्रहरी कृयाकलापलाई अझै प्रभावसाली बनाउन नगर प्रमुखले आग्रह गर्नु भयो । भवन निर्माणका लागि प्रहरी नयव उपरिक्षक बस्न लायकको कार्यलय बनाउन नगरले पहल गरिरहेको र संगठनले पनि चाडो पहल गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजकुमारी इङ्नाम लिम्बूले पालिका भित्र रहेका दुईवटा अस्थायी प्रहरी चौकीले अपराधीक कृयाकलापहरु नियन्त्रण हुन कठिन भएको बताउदै स्थायी सहितको थप कार्यलयका लागि अनुरोध गर्नु भयो ।
स्थानिय सहयोगीदाताको सहयोगमा निर्माण भएको चार कोठे पक्की भवनका लागि पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले १८ लाखमा सहयोग गरेको भवन निर्माण समितिका सचिव ईश्वरी साप्कोटाले बताउनु भयो । एकतले पक्की भवनमा इलाका प्रहरी कार्यालय प्रमुखको क्वाटरको सहित एक पाहुना घर र बैठक कक्ष रहेको छ । कार्यक्रममा पथरीशनिश्चरे नगर क्षेत्रमा प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, उद्योग वाणिज्य संघ लगायत अन्य स्थानीय संस्थाहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया