अमेरिकाको एक बिमान लस भेगासमा अवतरण गर्ने क्रममा आगो लाग्यो , १९० जना यात्रु र सात जना चालक दलका सदस्यलाई सकुसल उद्धार

इनेप्लिज २०८१ असोज २० गते १२:१२ मा प्रकाशित

अमेरिकाको फ्रन्टियर बिमानसेवा (एयरलाइन्स) लस भेगास बिमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको संघीय उड्डयन प्रशासन (एफएए)ले जनाएको छ । र, यसको अनुसन्धान भै रहेको एफएएले बताएको छ ।

एबिसीन्यूजका अनुसार विमान सकुशल अवतरण गरिएको र सबै यात्रु र चालक दललाई बाहिर निकालिएको थियो ।

फ्रन्टियर बिमानसेवाको एक विमान गत शनिबार साँझ ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको क्रममा आगो लागेको थियो ।

उक्त बिमान स्यान डिएगोबाट लस भेगासको उडान अवतरणको प्रक्रियामा थियो । बिमानचालकहरूले धुवाँ पत्ता लगाए र आपतकालिन घोषणा गरेको फ्रन्टियर बिमानसेवाले बताएको छ ।

अग्नि नियन्त्रण तथा उद्धार टोलीले आगो निभाएपछि सबै १९० जना यात्रु र सात जना चालक दलका सदस्यलाई हवाई सिँढीबाट उतारेको बिमानसेवाले जनाएको छ ।

कसैलाई पनि चोटपटक नलागेको र यात्रुहरूलाई वायुसेवाको अन्तकक्षमा बसाइएको फ्रन्टियरले सामाजिक संजाल एक्स मार्फत जनाएको छ ।

“घटना के कारण भएको र अहिले अनुसन्धानमा रहेको छ,” बिमानसेवाले एबीसी न्यूजलाई एक विज्ञप्तिमा बताएको छ । संघीय उड्डयन प्रशासनले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया