अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर १०० वर्ष पुगे, १०० बर्ष बाच्ने उनि पहिलो पूर्व राष्ट्रपति

इनेप्लिज २०८१ असोज १५ गते ११:३५ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर १०० वर्ष पुगेका छन्। १०० बर्ष बाच्ने उनि पहिलो अमेरिकी राष्ट्रपति भएका छन् ।

कार्टरले आफ्नो १०० औं जन्मदिन मनाउँदैछन् । फेब्रुअरी २०२३ देखि प्लेन्स, जर्जियामा आफ्नो हसपिस अर्थात् कुरुवा घरमा उनि बस्दै आई रहेका छन् ।

कार्टरले विवाहको ७७ वर्षपछि गत बर्ष नोभेम्बरमा आफ्नी श्रीमती रोजालिन कार्टरलाई गुमाए। पूर्व राष्ट्रपति पाङ्ग्रेकुर्सी (ह्वीलचेयर)मा बसेर आफ्नी स्वर्गीय पत्नीको स्मृतिमा उपस्थित भएका थिए।

राष्ट्रपति जो बाइडेनले कार्टरलाई शुभकामना सन्देश दिएका छन् । कार्टरले राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई मत हाल्न लामो समय बाँच्न चाहेको बताएका छन् । कार्टरको गृह राज्य जर्जियामा यस महिनाको अन्त्यमा प्रारम्भिक मतदान सुरु हुन्छ।

“म कमला ह्यारिसलाई मतदान गर्न मात्र प्रयास गर्दैछु,” कार्टरले आफ्नो छोरा, चिपलाई भने र उनका आफ्नो नाति जेसनले एक पत्रिकालाई बताए ।

पूर्व राष्ट्रपतिले आफ्नै घरको हेरचाह गृहमा उल्लेखनीय रूपमा लामो समय बिताएका छन्, । राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार यस्ता कुरुवा घरमा बिरामीहरूको लागि औसत समय ६३ दिन हो। तर कार्टर १९ महिनाभन्दा बढी समयदेखि यसमा बसी रहेका छन् ।

“यहाँ सबैले इतिहास रचिरहेका छन्,” नाति जेसन कार्टरले भने। “अमेरिकी राष्ट्रपतिको १०० औं जन्मदिन मनाउन मानिसहरू भेला भएको यो पहिलो पटक हो।”

प्रतिक्रिया