अध्यावधिक गरिएको : अमेरिकामा समुन्द्री आँधी हेलिनबाट मृत्यु हुनेको कूल संख्या ११६ पुगेको छ । व्यापक क्षति भएको र सम्पर्क बिच्छेद भएकालाई हवाईमार्गबाट सहयोग र अन्धकारमा बस्न बाध्य भएकाहरुलाई बिद्युत जोड्ने काम द्रुत रुपमा भै रहेको सिबिएसन्यूजले जनाएको छ ।
समुन्द्री आंधी हेलिनबाट कम्तिमा ११६ जनाको ज्यान गएको सिबिएसन्यूजले पुष्टि गरेको छ। समाचारका अनुसार नर्थ क्यारोलाइनाको बनकोम्बे काउन्टीमा मात्र ४६ जनाको मृत्यु भएको छ । यो आँधीबाट सबैभन्दा बढी प्रभावित राज्यहरू मध्ये एक हो।
तर फ्लोरिडामा ९९ % बिजुली पुनर्स्थापना गरिएको फ्लोरिडा राज्यका गभर्नर रन डिसानटिसले आइतबार बताए । अझै पनि २० लाख ७९ हजार मानिसहरुका घरमा बिद्युत बिच्छेद भएको छ ।
फ्लोरिडाको बिग बेन्ड क्षेत्रमा गत बिहीबार राति आएको यो समुन्द्री आँधी खतरनाक श्रेणी ४ को रूपमा जमिनमा पुगेको थियो । बिग बेन्ड क्षेत्रमा विगत १३ महिनामा हेलिन तेस्रो समुन्द्री आँधी हो ।
अमेरिकाको फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना , साउथ क्यारोलाइन र भर्जिनियाका २० लाख भन्दा बढी बासिन्दाहरु अझै पनि बिजुलीविहीन भएका छन् ।
नर्थ क्यारोलाइमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले सीबीएस न्यूजलाई पुष्टि गरेका छन्, जसको उमेर ४ देखि ७५ वर्षसम्म रहेको छ। बाढीले डुबेको सडकमा ठोक्किँदा एकजनाको मृत्यु भएको गभर्नर रोय कुपरले बताए ।
जर्जियामा कूल मृत्यु हुनेको संख्या २५ पुगेको छ । त्यस्तै साउथ क्यारोलाइनामा, आँधीबाट २७ जनाको मृत्यु भएको अधिकारीहरूले सिबिएसन्यूजलाई पुष्टि गरे। मृत्यु हुनेहरुमा दुई अग्नि नियन्त्रक र दुई व्यक्तिहरू जसको घरहरूमा रूखहरू ढलेर मारिएका थिए।
यसै गरि फ्लोरिडामा १३ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सिबिएसन्यूजलाई पुष्टि गरेका छन् । जसमा पिनेलास काउन्टीमा १० जनाको मृत्यु भएको छ । राज्यव्यापी रुपमा चालक दलहरूले हजारौं उद्धार अभियानहरू सञ्चालन गरेका छन्। त्यस्तै टेनेसीमा पनि ४ जनाको ज्यान गएको छ । त्यस्तै भर्जिनियामा पनि १ जनाको ज्यान गएको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार ग्रामीण उत्तरपश्चिमी नर्थ क्यारोलाइना क्षेत्रमा अहिलेसम्म ३०.७८ इन्च सबैभन्दा बढी वर्षा भएको छ।
प्रतिक्रिया