क्यालिफोर्नियाको एक अदालतमा २० वर्षीय संदिग्धले विस्फोटक उपकरण फ्याँक्दा ५ जना घाइते , दोषी ठहरिएमा न्यूनतम सात वर्षको सजाय हुने

इनेप्लिज २०८१ असोज १४ गते ०:०३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको एक अदालतमा २० वर्षीय संदिग्धले विस्फोटक उपकरण फ्याँक्दा ५ जना घाइते भएका छन् ।

संघीय अधिकारीहरुले आक्रमणमा संलग्न २० वर्षीय संदिग्धलाई आरोप लगाएका छन् । यदि उनि संघीय आरोपमा दोषी ठहरिएमा उनलाई न्यूनतम ७ वर्षको कैद सजाय हुनेछ।

विस्फोटक उपकरण फ्याँक्दा पाँच जना घाइते भएकोले संघीय अभियोग लगाइएको अधिकारीहरूले गत शुक्रबार घोषणा गरे।

सान्टा बारबराका २० बर्षिय निवासी नथानियल जेम्स म्याकगुइरलाई विस्फोटक पदार्थले भवनमा क्षति पुर्‍याएको अभियोग लगाइएको अमेरिकी जिल्ला न्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको छ ।

म्याकगुइरले गत बुधबार सान्टा मारिया अदालतको ढोकाबाट विस्फोटक पदार्थ फ्याकेको थियो । एउटा सानो झोला फ्याके पछि विस्फोट भयो । विस्फोट पछि म्याकगुइर पैदल हिडेका थिए । उनलाई सान्टाबारबरा काउन्टी शेरिफका सहायकहरूले तुरुन्तै हिरासतमा लिएका थिए ।

म्याकगुइरले कथित रूपमा अनुसन्धानकर्ताहरूलाई बन्दुक तथा अन्य विस्फोटक पदार्थ भएको बताए । उनले न्यायाधीशलाई मार्न अदालतमा पुन: प्रवेश गर्ने योजना बनाएको उजुरीमा भनिएको छ।

उजुरी अनुसार उनको गाडीमा खोजी गर्दा एक बन्दुक, एक राइफल, थप गोला बारुद, एक संदिग्ध बम तथा अन्य उपकरणहरु फेला पारिएको थियो ।

पाँच जनालाई मात्र घाइते बनाएको र धेरैलाई आघात पुर्‍यायो, तर उनीसँग हतियारको भण्डार थियो जसले उनलाई समय मै नरोकिएको भए अझ ठूलो विनाश निम्त्याउने थियो,अमेरिकी सरकारी अधिवक्ता मार्टिन एस्ट्राडाले भने। ।

एबिसीन्यूजका अनुसार म्याकगुइरलाई हतियार उल्लङ्घनको आरोपमा जुलाई २८ मा पनि पक्राउ गरिएको थियो।

प्रतिक्रिया