क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा ४.२ परिमाणको भूकम्प

इनेप्लिज २०८१ असोज १३ गते १२:१९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा ४.२ म्याग्निच्युड( परिमाण)को भूकम्प गएको छ ।

आइतबार बिहान मध्य क्यालिफोर्नियाको एक भागमा ४.२ रेक्टर स्केल(परिमाण)को भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्प स्थानीय समय अनुसार बिहान २:४७ मा अरोमासबाट २ माइल (३.२ किलोमिटर) उत्तरपश्चिममा ७.४ किलोमिटर (४.५९ माइल) गहिराईमा फेला परेको विज्ञान एजेन्सी(सँस्था)ले आफ्नो संजालस्थल (वेबसाइट) र सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

स्थानीय संचार माध्यमका अनुसार हाल सम्म घाइते वा ठूलो सम्पत्ति क्षतिको कुनै सूचना प्राप्त नभएको एबिसीन्यूजले जनाएको छ ।

अरोमास सान फ्रान्सिस्कोको दक्षिणमा लगभग ९४ माइल (१५१ किलोमिटर) रहेको छ।

प्रतिक्रिया