अध्यावधिक गरिएको : अमेरिकामा हेलिन नामक समुन्द्री आँधीबाट मृत्यु हुनेको कूल संख्या ५२ पुगेको छ । एपीका अनुसार अमेरिकाको फ्लोरिडा, जर्जिया, साउथ क्यारोलाइना, नर्थ क्यारोलाइना र भर्जिनियामा मृत्युको पुष्टि भएको छ।
जर्जियामा १५ जनाको ज्यान गएको छ । मारिएका १५ जना पीडितहरूमा ब्ल्याकशियरका सहायक अग्नि नियन्त्रक प्रमुख लियोन डेभिस पनि परेका छन् ।
उनले आपतकालीन अवस्थाका मानिसहरुलाई जवाफ दिदै गर्दा उनको गाडीमा रूख खसेको थियो। त्यस्तै फ्लोरिडामा मृत्यु हुनेको संख्या ११ पुगेको गभर्नर रन डिसेन्टिसले शनिबार घोषणा गरे।
यसै गरि कम्तिमा १९ जना साउथ क्यारोलाइनामा मारिएका छन् । जस मध्ये सालुदा काउन्टीका दुई अग्नि नियन्त्रकहरू सहितको ज्यान गएको गभर्नर हेनरी म्याकमास्टरले बताएछन् । त्यस्तै नर्थ क्यारोलाइनामा ६ जनाको ज्यान गएको छ भने भर्जिनियामा १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया