अमेरिकाको टेक्सस राज्यमा स्थापित टेक्सोमा नेप्लिज सोसाइटीले बिजया दशमी तथा दीपवलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
समारोहमा सहभागी हुनेलाई प्रवेश निशुल्क गरिएको छ ।
टेक्सोमा नेप्लिज सोसाइटीको आयोजनामा विभिन्न सहयोगी तथा शुभचिन्तक संस्थाहरुको आर्थिक सहयोगमा शुभ बिजया दशमी तथा दीपवलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम राखिएको हुनाले सबैलाई आमन्त्रण गरेको छ ।
साथै टेक्सोमा नेप्लिज फुटबल(भकुण्डो)का खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । टेक्सस राज्यकै टेक्सरकाना शहरमा भएको प्रतियोगितामा उक्त टोलीले द्वितीय भएको अध्यक्ष उज्ज्वल खड्काले बताए ।
कार्यक्रम आगामी अक्टोबर ५ का शनिबारका दिन आयोजना गर्ने उज्ज्वल खड्काले ईनेप्लिजलाई बताए । कार्यक्रम निम्न स्थानमा हुने भएकोले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुन् संस्थाले अनुरोध गरेको छ ।
स्थान : Days Inn ,3605 US-75, Sherman, TX 75090
मिति: , अक्टोबर ५ ,शनिबार ,२०२४
समय : बेलुका ५:३० बजे देखि ११:३० बजे राती सम्म
प्रतिक्रिया