बिश्वकै ५० उत्कृष्ट अतिथि गृह(होटल)मध्ये क्यापेला बैंकक बिश्व कै शीर्ष स्थानमा ,अमेरिकाका ३ वटा ५० भित्र पर्न सफल

इनेप्लिज २०८१ असोज ६ गते ०:१३ मा प्रकाशित

बिश्वकै ५० उत्कृष्ट अतिथि गृह(होटल)मध्ये क्यापेला बैंकक बिश्व कै शीर्ष स्थानमा पर्न सफल भएको छ । तथापी अमेरिकाका ३ वटा पाहुना घरहरु शीर्ष ५० भित्र पर्न सफल भएका छन् ।

अमेरिकाको न्यूयोर्कका २ वटा र लस एन्जेलसको एक अतिथि गृह ५० भित्र परेका छन् ।

सिएनएनका अनुसार क्यापेला बैंककको सुरुवात सजिलो थिएन । विश्वव्यापी महामारीको पहिलो वर्षमा उक्त होटल(अतिथिगृह)खोलिएको थियो ।

तर, त्यसको चार वर्षपछि मात्रै चाओ फ्राया नदीमा अवस्थित उक्त अतिथी गृहले गत मंगलबार राति लण्डनमा आयोजित एक पुरस्कार समारोहमा विश्वका ५० वटा उत्कृष्ट अतिथिगृहमा पहिलो स्थानमा रहेको छ ।अतिथिगृहका सबै १०१ कोठाहरू ठूला र उज्यालोले भरिएका छन्। यो पुरस्कार जीत्न प्राप्त गर्नु पर्ने बिशेषताहरु सबै यसले पुर्याएको छ ।

एसियाका शीर्ष १० मध्ये ७ वटा अतिथिगृह एसिया क्षेत्रमा परेको सिएनएनले जनाएको छ । गत बर्षको बिजेता इटालीको पासालाका यस बर्ष दोश्रो स्थान भएको छ । तेश्रो स्थानमा हंगकंगको रोज वुड पाहुना घर पर्न सफल भएको छ ।

अमेरिकाको न्यूयोर्कका २ वटा र लस एन्जेलसको एक अतिथि गृह ५० भित्र परेकाहरुमा क्रमस न्यूयोर्कको कारलायल ३० औ स्थानमा परेको छ । यसै गरि लस एन्जेलसको बेल एयर ३५ औ स्थान तथा अमन न्यूयोर्क ३७ औ स्थान पर्न सफल भएको छ ।

प्रतिक्रिया