अमेरिकामा हराई रहेका भनिएका नेपाली फेला

इनेप्लिज २०८१ असोज १ गते १०:५५ मा प्रकाशित

अमेरिकामा हराई रहेका भनिएका नेपाली फेला परेको सामाजिक संजालमा सूचना दिईएको छ । सुशान तिवारीको सामाजिक संजाल मार्फत उनका मित्र स्वर्णिम गुरागाईं हराई रहेकोले सुशानले उनको खोजी गरि दिन आग्रह गरेका थिए ।

तिवारीका अनुसार स्वर्णिम गत सेप्टेम्बर ११ का दिन अन्तिम समय मेरिल्याण्ड राज्यको ओसन सिटी शहरमा देखिएको उल्लेख गरेका थिए । तिवारीले सामाजिक संजाल फेसबुकमा उनको घुम्ती यन्त्र( मोबाइल) मा सम्पर्क हुन् नसकेको र उनिसंग सम्पर्क हुन् नसकेको बताएका थिए ।

स्थाई उनको बारेमा कुनै सूचना प्राप्त भएमा आफूलाई सूचना दिन आग्रह गरेका थिए । उनले सामाजिक संजाल मार्फत सूचना लेखे पछि एनआरएनए भिए सपोर्ट ग्रुपमा आशिष संग्रौलाले पनि यो तिवारीको सूचना प्रकाशित गरे पछि उक्त समूहमा क्रिसले उनि फेला परेको बताएका छन् ।

सबैलाई ईनेप्लिजको तर्फबाट हार्दिक नमन ।

प्रतिक्रिया