भेनेजुएलालाई “अस्थिर” गर्ने षड्यन्त्र गरेको आरोपमा ३ जना अमेरिकी नागरिक, दुई स्पेनी र एक चेक नागरिकलाई पक्राउ गरेको जनाएको छ । साथै करिव ४०० वटा राइफल बन्दुक जफत गरेको सिबिएसन्यूजले जनाएको छ ।
भेनेजुएलामा “हिंसक कार्यहरू” मार्फत देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको उनीहरुलाई आशंकामा हिरासतमा लिइएको सरकारले शनिबार एक बिज्ञप्ती मार्फत जनाएको छ ।
भेनेजुएला सरकारले शनिबार एक अनलाइन भिडियो( बिधुतिय श्रब्यदृश्य)मा हिरासतमा परेका व्यक्तिहरूलाई पहिचान गरेको छ। तिनीहरूमध्ये एक अमेरिकी नौसेना नाविक भएको र उनि यस महिनाको सुरुमा भेनेजुएलामा व्यक्तिगत यात्रामा देशको भ्रमण गर्दा पक्राउ गरिएको अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई पुष्टि गरेका छन् ।
राष्ट्रपति निकोलस मादुरो र उनको सरकारमाथि हमला गर्ने योजना बनाएको आशंकामा पाँचै जनालाई पक्राउ गरिएको आन्तरिक मन्त्री डिओसडाडो काबेलोले बताए । भेनेजुएलाको गत जुलाई २८ मा भएको राष्ट्रपति चुनावलाई लिएर विवाद उत्पन्न भए पछि तनावको बीचमा उनीहरु पक्राउ परेका हुन् ।
दुई स्पेनी नागरिकलाई हालै दक्षिणपश्चिमको पोर्टो अयाकुचोमा हिरासतमा लिइएको थियो ।
संयुक्त राज्य अमेरिका, स्पेन र चेक गणतन्त्रले मादुरो र पश्चिमी शक्तिहरू बीचको गहिरो गतिरोधको बीचमा आउने सनसनीपूर्ण दावीहरूमा प्रतिक्रिया दिन बाँकी रहेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको एउटा विमान अमेरिकाले नियन्त्रणमा लिएको थियो र फ्लोरिडा ल्याएको न्याय विभागले सार्वजनिक गरेको थोयो । अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन गरी बिमानलाई फ्लोरिडाबाट निर्यात गरिएको दाबी गरेको थियो।
भेनेजुएलाका विपक्षी उम्मेदवार ७५ बर्षिय एडमन्डो गोन्जालेज उरुटिया एक हप्ता अघि स्पेनमा निर्वासित भएका छन् ।
प्रतिक्रिया