अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने एक नेपाली आफ्नै आवासगृह (अपार्टमेन्ट) मृत फेला परेका छन् । यो दुखद समाचारले मेरिल्याण्डवासीलाई ज्यादै आश्चर्य तुल्याउनुको साथै मर्माहात बनाएको छ । उनका मित्र रमेश आश्चर्यले गो फण्ड मी संचालनमा ल्याएका छन् ।
आचार्यले नेपाली समुदायलाई सहयोग गर्न आह्वान समेत गरेका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधानको निधन गत अगस्त २७ ,२०२४ मंगलबार भएको मेरिल्याण्डवासी तथा समाजसेवी प्रविन भण्डारीले ईनेप्लिजलाई बताए ।
स्व प्रधान आवासगृहमा काम सकेर दिउसो २ बजे कोठामा फर्केका थिए । उनलाई पालो दिने उनका मित्र घर फर्कदा मृत अवस्थामा फेला पारेका थिए ।
कुस्मा पर्वतमा जन्मिएका स्व प्रधान त्यस पछि चितवन बसाई सराई गरेका थिए । चितवनमा गणित शिक्षक भै काम गरेका प्रधानले एसओएसमा समेत पढाएका थिए ।
शान्तलाल प्रधान भरतपुर नेपालको प्रशंसनीय गणित शिक्षक रहेका र आफ्नो परिवारको उज्ज्वल भविष्य सुरक्षित गर्ने आकांक्षाका साथ सन् २०१५ मा अमेरिका आएको गो फन्डमा जनाईएको छ । तर उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न आएका थिए ।
गो फन्डमा आचार्यले जनाए अनुसार प्रधानले धेरै अवरोधहरू सामना गरे। केही वर्ष पहिले टेक्ससमा उनलाई लुटेराहरुले बन्दुक देखाएर लुटेका थिए । त्यस्तै सन् २०१९ उनी न्यूरोलोजिकल (स्नायु सम्बन्धी)रोगबाट पीडित भएका थिए जसले उनलाई आधा वर्ष भन्दा बढी ओछ्यानमा थला पारेको थियो ।
गो फन्ड मी मा जनाए अनुसार प्रधानले सबै कठिन चुनौतिको सामना गर्दै संघर्षका साथ उनले आफ्नो सपनालाई कहिल्यै हार मानेनन् उनि आफ्नो परिवार खर्च, ऋण र छोराछोरीको शिक्षक शुल्क (ट्युसन ) पुर्याउदै आएका थिए ।
९ बर्ष पछि आफ्नो परिवार र साथीहरूलाई भेट्न नेपाल आउने तयारीमा थिए तर उनको दुखद निधनले समुदायलाई रुवाएको छ । शान्तकी पत्नीको साथै एक छोरी र एक छोरा उनको शव नेपाल फर्काउने आशामा प्रतिक्षारत रहेका छन् ।
भावी जीवनको सुखद परिकल्पना र सपना पूरा गर्ने आशाका साथ प्रवासमा आएका प्रधानको यस अप्रत्याशित र दुःखद घटनाले परिवारलाई अत्यन्तै कठिन अवस्थामा पुर्याएको छ।
गो फन्ड मार्फत सङ्कलन गरिएको रकम स्वदेश फिर्ता खर्चहरूमा प्रयोग गरिनेछ । यस कठिन समयमा अन्त्येष्टि खर्च र अन्य आर्थिक आवश्यकताहरूलाई सहयोग गर्न नेपालमा शोकसन्तप्त परिवारलाई सिधै हस्तान्तरण गरिने जनाईएको छ ।
यस मामलामा अत्यन्तै नजिकबाट काम गर्दै आएका मेरिल्याण्डका प्रविन भण्डारीका अनुसार मेरिल्याण्डका बिधान सभा सदस्य (सांसद)डा ह्यारी भण्डारीले उनका नातेदारसँग श्रब्यदृश्य (भिडियो )मार्फत कुराकानी गरि सकेको र शवलाई नेपाल लग्न सहमति भएका छन् ।
प्रविन भण्डारीका अनुसार गत बिहिबार शव परीक्षण केन्द्रमा लगिएको थियो । त्यही शव नसड्ने ओखती हाली हाल शव दाह संस्कारमा राखिएको छ । र, कागजी प्रक्रिया भै रहेको छ ।
मृत्यूको कारण पत्ता नलागेको र के कारणले मृत्यु भएको भन्ने बारेमा आधिकारिक रुपमा पत्र नआए सम्म बिमानसेवा र राज्यले पनि नेपाल लग्न नपाइने भएको भण्डारीले बताए । यस मामलामा अनुसन्धानकर्ता तथा जासुसहरुले ह्यारी भण्डारीको कार्यालयसंग समन्यवय गरि रहेको छ ।
स्व प्रधानको लागि अहोरात्र खटिने व्यक्तिहरु मध्ये प्रविन भण्डारी पनि हुन् । साथै युवराज पौडेल जसले ह्यारी भण्डारीको कार्यालयमा पहिलो खबर दिएका थिए । साथै सुदर्शन श्रेष्ठ(मेरिल्याण्ड )ले पनि ठूलो सहयोग गरि गरेका छन् ।
मृत्यु के कारणले भएको भन्ने बारे अनुसन्धान भै रहेको र डा ह्यारी भण्डारीको कार्यलयले शव नेपाल पठाउने प्रक्रिया गरि रहेको पर्वत कै प्रविन भण्डारीले ईनेप्लिजलाई बताए ।
गो फण्डको लक्ष्य ५० हजार डलर राखिएको छ भने अहिले सम्म २१ हजार डलर भन्दा ज्यादा संकलन भै सकेको छ ।
सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/support-santhalal-pradhans-final-journey-home
प्रतिक्रिया