कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न

नातिबाबु भट्ट २०८१ भदौ १६ गते ११:१३ मा प्रकाशित

कोलोराडो अमेरीका
अगष्ट ३१, २०२४

हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो ।

शनीबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजु भाईहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र कृयाकलाप बारे प्रकाश पारेकी थिईन् । उनले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बालबालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन सहयोग पुग्ने बताउदै कार्यक्रम सफल बनाउन तन मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघ संस्था तथा दाताहरुको नाम संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले पढेर सुनाएकी थिइन ।

सन् २०१७ देखी कोलाराडोका दिदी बहिनीहरु संगठीत भएर बिभिन्न सामाजिक, सांस्कृतीक, आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण, तथा महिला हकहित जस्ता सामाजिक कार्यका लागी निरन्तर अग्रसर हुदै आएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह औपचारिक रुपमा दर्ता भई 501(C) समेत प्राप्त गरिसकेको संस्था हो ।

दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिठा समेत राखिएको थियो । जसमा राफल चिठा प्राप्तगर्ने दिदी बहिनीलाई साडी स्वास्थ्य सामग्री तथा श्रृगारका सामानहरू पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित दिदी बहिनीहरुले तिजका गीत गाउदै, नाचगान गर्दै दिदीबदिनीहरु आफैले तयार पारेको सेलरोटी, खिर, दहि लगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरि तिज मनाएका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया