अमेरिकाको मिसिसिपी राज्यमा यात्रीयान (बस )दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
गत शनिबार बिहान मेक्सिकोको लागि जाँदै गरेको एक व्यावसायिक यात्रु यात्रीयान (बस)को पांग्रा बिग्रिदा (टायर फेल )भ पछि मिसिसिपी राज्यको भिक्सबर्गको पूर्वमा रहेको राजमार्गमा पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय यातायात समितिले अन्तरराज्यीय २० मा दुर्घटनाको सुरक्षा अनुसन्धानमा मद्दत गर्न टोली पठाउने भएको छ ।
वारेन काउन्टी कोरोनर डग हस्कीका अनुसार मारिनेमा ६ र १६ वर्षका दाजुभाइहरु पनि थिए । ३७ जना यात्रुहरूलाई चोटपटकका सहित विक्सबर्ग र ज्याक्सनका अस्पतालहरूमा लगिएको मिसिसिपी राजमार्ग गस्तीले बताएको छ ।
सन् २०१८ को भोल्भो बस बोभिना नजिकै पश्चिम तर्फको मार्ग (लेन)हरूमा पल्टिएको थियो । प्रतिष्ठान (कम्पनी)का प्रवक्ता मिरान्डा फर्नान्डेजका अनुसार यो यात्रीयान मेक्सिको र संयुक्त राज्य अमेरिकाको बीचमा यात्रुहरू ओसारपसार गर्ने अटोबस रेजियोमोन्टानोसको हो। यो मेक्सिकोबाट संचालित तर यसका शाखाहरु अमेरिकामा पनि रहेका छन् ।
“सबै यात्रुहरू उचित अध्यागमन चौकीबाट जान्छन् र मेक्सिको वा संयुक्त राज्यमा प्रवेश गर्न उनीहरूको राहदानी वा प्रवेशाज्ञा (भिसा )देखाउनुपर्छ,” फर्नान्डेजले सीएनएनलाई भने।
गाडीमा “धेरै मेक्सिकन पहिचान भएका कागजातहरू” फेला परेको थियो। ६ यात्रुको घटनास्थलमै मृत्यु भएको र सातौंको अस्पतालमा मृत्यु भएको राजमार्ग गस्तीले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया