ट्रम्पद्वारा संघीय अदालतलाई अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकमको मुद्दामा सजाय ढिलाइ गर्न आग्रह ,न्यायाधिशले उनलाई सेप्टेम्बर १८ मा सजाय सुनाउने

इनेप्लिज २०८१ भदौ १४ गते ११:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अदालतलाई अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकमको मुद्दामा सजाय ढिलाइ गर्न आग्रह गरेका छन् । न्यायाधिशले उनलाई सेप्टेम्बर १८ मा सजाय सुनाउने तयारीमा छन् ।

ट्रम्पले न्यु योर्कको संघीय अदालतलाई राष्ट्रपतिको उन्मुक्तिमा सर्वोच्च अदालतको हालैको निर्णयको मुद्दा लिनको लागि फेरि अनुरोध गरेको एबिसीन्यूजले जनाएको छ । उनले चुप लगाउन दिएको मुद्धामा आगामी सजायलाई ढिलाइ गर्न खोजिरहेका छन्।

गत बिहीबार ६० पृष्ठको दायर गरिएको मुद्धामा ट्रम्पका वकिलहरूले पूर्व राष्ट्रपतिलाई सेप्टेम्बर १८ को सजाय सुनाउनुअघि राज्य अदालतबाट संघीय अदालतमा मुद्दा हटाउन आफ्नो तर्कमा पुनर्विचार गर्न अदालतलाई आग्रह गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा वयस्क चलचित्र अभिनेत्री स्टोर्मी डेनियललाई २०१६ मा चुप लगाउन (हश मनी) भुक्तानीसँग सम्बन्धित व्यापार अभिलेखलाई झुटो बनाउने ३४ अपराधमा ट्रम्पलाई गत मे महिनामा दोषी ठहर गरिएको थियो। पूर्व राष्ट्रपतिले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

प्रतिक्रिया