मेरिल्याण्डमा घरेलु आक्रमणमा एक व्यक्तिको हत्या ,स्वयमले गोली चलाउदा बन्दुकधारीको मृत्यु

इनेप्लिज २०८१ भदौ १४ गते ०:२० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको रकभिल शहरमा घरेलु आक्रमणमा एक व्यक्तिको हत्या भएको छ । हत्या गर्ने स्वयमले गोली चलाउदा बन्दुकधारीको मृत्यु पनि मृत्यु भएको प्रहरीले बताएका छन् ।

मेरिल्याण्डको लरेल घरेलु आक्रमणसँग सम्बन्धित अपराधमा एक बन्दुकधारीले रकभिलमा एक व्यक्तिको हत्या गरेको हो । गोलाबारीमा दुई पुरुषको मृत्यु भएको छ, र एक महिला गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

मोन्टगोमेरी काउन्टी प्रहरीका अनुसार रकभिलको साउथलोन मार्गको १४९०० घर समूहमा बिहीबार बिहान ८ बजे भन्दा पहिले दोहोरो गोली चले पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

गम्भिर घाईते भएका एक ६० वर्षीय पुरुष फुटपाथ नजिकैको घाँसे क्षेत्रमा फेला परेका छन् । उनलाई अस्पताल लगिएको र मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले प्रहरीलाई कालो रंगको टोयोटा टाकोमा मालवाहक (पिकअप )गाडीमा घटनास्थलबाट निस्किएको देखेको बताए। प्रहरी अधिकारीहरूले त्यसपछि नजिकै गाडी देखे । भित्र एक ५४ वर्षीय व्यक्ति आफैंले गोली हानी मृत अवस्थामा फेला पारिएको प्रहरीले भने। उनलाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।

दुवै पुरुषको शवलाई परिक्षणको लागि लागिएको छ । सो गोली हानाहानमा एक महिला गम्भीर घाइते भएकी छन् । उनी स्थिर भए पनि अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्ने र पीडितको नाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया