अध्यावधिक गरिएको : टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका संदिग्ध बबी सिंह शाह गिरफ्तार

इनेप्लिज २०८१ भदौ १३ गते २३:४७ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको टेक्सस राज्यमा गत सोमबार साँझ नेपाली बिद्यार्थी २१ बर्षिय मुना पाण्डेको हत्या गरि फरार रहेका संदिग्ध बबी सिंह शाहलाई गिरफ्तार गरिएको छ ।

यो भन्दा अगाडी प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो । सिटी अफ ह्युस्टनन्यूजका अनुसार उक्त घटना ह्युस्टनको एक आवास गृह(अपार्ट मा भएको थियो । अभियुक्त ५१ वर्षीय बबीसिंह शाहमाथि २६२ औं प्रदेश जिल्ला अदालतमा क्यापिटल मर्डरको मुद्दा चलाइएको छ ।

के हो क्यापिटल मर्डर ? क्यापिटल मर्डर टेक्सस राज्यमा सबैभन्दा गम्भीर अपराध हो। यो राज्यको एक मात्र अपराध हो जसलाई मृत्युदण्ड दिइन्छ।

क्यापिटल मर्डर(मृत्यु ) र मर्डर(हत्या) मा के फरक छ ? हत्यामा ५ देखि ९९ वर्षसम्मको सजाय हुन्छ भने जबकि क्यापिटल मर्डर (मृत्युदण्ड )मा बिना कारावकाश (प्यारोल )वा मृत्युदण्डको सजाय पनि हुन सक्छ।

गत सोमबार मुना पाण्डेलाई उनको आवासगृह भित्र धेरै बन्दुकको गोली लागेको थियो। त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा उक्त हत्या काण्डमा संदिग्ध पुरुष भएको खुलासा गरेको थियो। अज्ञात पुरुषको निगरानी तस्बिर गत फोटो बुधबार अगस्त २८ का दिन सार्वजनिक गरिएको थियो।

थप अनुसन्धानमा उक्त तस्बिर अनुसार ती पुरुष शाह रहेको खुलेको छ । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनि विरुद्ध क्यापिटल मर्डर ( मृत्यु दण्ड योग्य )हत्याको आरोप लगाइएको छ ।

शाहलाई बुधबार साँझ उत्तरपश्चिम ह्युस्टनमा बिशेष प्रहरी टोलीले पक्राउ गरेको थियो । ह्युस्टन प्रहरी बिभागको अपराध न्यूनीकरण इकाई र सार्वजनिक सुरक्षाको टेक्सास विभागको समन्वयको प्रयासमा शाहलाई पक्राउ गरिएको थियो। उनलाई पछि ह्यारिस काउन्टी कारागारमा राखिएको छ ।

प्रतिक्रिया