अध्यावधिक गरिएको : अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली बिधार्थी मुना पाण्डेको हत्या गर्ने संदिग्धको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
ह्युस्टन प्रहरीले दक्षिणपश्चिम ह्युस्टन आवासगृह (अपार्टमेन्ट)मा २१ वर्षीया युवतीलाई हत्या गरेको विश्वास गरिएको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
स्थानीय पत्रिका क्लिक२ह्युस्टन डटकमका अनुसार पाण्डे ह्युस्टन सामुदायिक कलेजमा नर्सिङ(स्वास्थ्य परिचारिका) पढिरहेकी थिइन् ।
प्रहरी अधिकारीहरुका अनुसार गत सोमबार बेलुका ५:३५ बजे ६३६३ भवन समूह स्थित एक आवासगृहमा गोली चलेको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेका थिए । उनि कोठाभित्र मृत फेला परेकी थिइन् ।
प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान गर्न सकेको छैन तर बुधबार यो उनको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले जारी गरेको तस्बिरमा ९:४८ बजेको देखाईएको छ । ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सेजका अनुसार पाण्डेको मृत्युलाई धेरै पटक बन्दुकको गोली लागेर हत्या भएको ठहर गरिएको छ।
तस्बिरमा संदिग्ध व्यक्तिले पाण्डेको आवासगृह (अपार्टमेन्ट )छोडेको देखिन्छ। अझै हत्याको कारण नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया