ममता काफ्लेको छोरीको लागि खोलिएको गोफन्ड खातामा २,२९,३०० डलर सङ्कलन

इनेप्लिज २०८१ भदौ १३ गते ०:२० मा प्रकाशित

ममता काफ्ले को १ बर्षिय छोरीको लागि समुदायले संचालनमा ल्याएको गो फन्डमी खातामा २२९ ,३०७ लाख डलर सङ्कलन भएको छ। सरिता न्यौपानेको नाममा खोलिएको खातामा अगस्त २८ बुधबार ८ बजे सम्म २ लाख २९ हजार ३ सय ७ डलर सङ्कलन भएको छ। संकलनको लक्ष्य २ लाख ५० हजार डलर राखिएको छ ।

सबै संकलित रकम उनको छोरीको हेरचाह गर्न र छोरीलाई सहयोग गर्ने उद्धेश्यले खोलिएको गो फन्ड रकम ट्रस्ट(मुद्दती) खातामा राखिने बताईएको छ ।

उक्त गो फन्डमा हामी ममताको लागि न्यायको खोज्न र ट्रस्ट खाताको कोष मार्फत आमाको रूपमा सम्मान गर्न चाहन्छौं भनि लेखिएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टका पति नरेश भट्टलाई प्रहरीले गिरफ्तार गरि उनको शवलाई लुकाएको र हत्या गरेको अभियोग लगाईएको छ ।

उनलाई अहिले कारागारमा राखिएको छ । गत अगस्त २४ का दिन बिहान न्यायाधिशले उनको धरौटी अस्विकार गरेका थिए । अहिले सम्म पनि ममताको शव फेला पारिएको छैन । पति नरेश भट्टले अझै हत्या गरेको स्वीकार गरेका छैनन् । भट्ट अगस्त २९ ,बिहिबारका दिन पुन अदालतमा उपस्थित हुनेछन् ।

गत हप्ता उक्त अदालतमा खचाखच भीड भएको थियो भने नरेशलाई न्यायाधिशले समुदायको लागि खतरा र उडानको जोखिम हुन् सक्ने बताएका थिए ।

सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/justice-for-mamta-help-her-daughter-thrive

प्रतिक्रिया