अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरद्वारा उम्मेदवारी स्थगित ,ट्रम्पलाई समर्थन

इनेप्लिज २०८१ भदौ ८ गते १०:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरले आफ्नो उम्मेदवारी स्थगित गरेका छन् । उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन दिएका छन् ।

रोबर्ट एफ केनेडी जूनियरले शुक्रबार घोषणा आफ्नो अभियान स्थगित गरेका हुन् । उनले अमेरिकाको एरिजोना राज्यको फिनिक्समा आयोजित एक कार्यक्रममा घोषणा गरे ।उनले भने, ‘मैले आफ्नो चुनावी अभियान बन्द गरिरहेको छैन भन्ने सबैलाई थाहा होस् भन्ने चाहन्छु । “म यसलाई निलम्बन गर्दैछु ।”

त्यसको लगत्तै, केनेडी पूर्व राष्ट्रपतिको ग्लेन्डेल, एरिजोनामा भएको र्‍याली(आमसभा)मा ट्रम्पसँग मन्च (स्टेज)मा सामेल भए।

ट्रम्पले हत्या प्रयासको छानबिन गर्न स्वतन्त्र आयोग नियुक्त गर्ने र सन् १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्याका बाँकी कागजातहरू जारी गर्ने बताए।

सिनेटर र अमेरिकी महान्यायाधिवक्ता रोबर्ट एफ केनेडी र एथेल स्केलका एघार सन्तानमध्ये तेस्रो सन्तान हुन् । उनि राष्ट्रपति जोन एफ केनेडी र सिनेटर टेड केनेडीका भतिजा हुन ।

प्रतिक्रिया