पछिल्लो मत सर्वेक्षण अनुसार उपराष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस समग्रमा अर्थतन्त्र बाहेक अन्य क्षेत्रमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा अगाडी देखिएकी छिन ।
उक्त मत सर्वेक्षणमा ह्यारिसले समग्रमा ट्रम्पलाई उछिनेकी छन् । तर अर्थतन्त्रको व्यवस्थापनमा उनि ट्रम्प भन्दा पछाडी रहेकी छन् ।
सबै वयस्कहरूले ह्यारिसको पक्षमा ५० % र ट्रम्पको पक्ष ४५ % ले मतदान गरेका छन् । अर्थात् ह्यारिसले नेतृत्व गरेको पाईएको छ । नयाँ नवीनतम एबीसी समाचार / वाशिंगटन पोस्ट / इप्सोसको सर्वेक्षण अनुसार उपराष्ट्रपति ह्यारिसले यस हप्ता पूर्व राष्ट्रपति ट्रम्पलाई लगभग अत्यन्तै प्रतिस्प्रद्धामा (हेड-टू-हेड) अगुवाई गरेकी छिन् ।
यद्यपि ट्रम्पले सर्वेक्षणमा दुई शीर्ष चुनावी मुद्दाहरूमा समग्र अर्थतन्त्र र मुद्रास्फीतिमा ह्यारिसलाई पछि पारेका छन् । त्यस्तै सबै वयस्कहरू माझ ह्यारिस र गभर्नर टिम वाल्जले ट्रम्प र सिनेटर जेडी भान्सलाई ५०%-४५% ले नेतृत्व गरेका छन्। अर्थात् ट्रम्पका उपराष्ट्रपति पछाडी परेका छन् ।
दर्ता भएकाहरू मध्ये ह्यारिसको पक्षमा ४९ % र ट्रम्पको पक्षमा ४५ % मा मतदान गरेका छन् । ह्यारिस अहिलेको अवस्था सम्म उपयुक्त मतदाताहरु बीच ६ अङ्कले अगाडी रहेकी छिन् । ह्यारिस ५१ र ट्रम्पको ४५ % रहेको मतसर्वेक्षणमा देखाईको छ ।
यो सर्वेक्षणमा धेरै मानिसहरू ह्यारिसलाई कामका लागि योग्य ठानेका छन् । ह्यारिसको पक्षमा ५३ % र ट्रम्पको पक्षमा ४७ % मतदान परेको छ । स्मरण रहोस ,राष्ट्रपति जो बाइडेनले उम्मेद्वारी त्याग्नु अगाडी ट्रम्पले सबै क्षेत्रमा बाइडेनलाई हराई रहेका थिए । ट्रम्प हरेक मुद्धामा अगाडी थिए । र उनले चुनावमा सजिलै हराउने मतसर्वेक्षणमा बिभिन्न संचार माध्यम लगायतले गरेको सर्वेक्षणमा देखाईएको थियो ।
तर ह्यारिस आए पछि मतसर्वेक्षणमा फरक आएको छ । आस्चर्यजनक नतिजाहरु देखिएका छन् । ह्यारिसले ट्रम्प भन्दा ज्यादा चन्दा संकलन गरि राखेकी छिन् । स्मरण रहोस ,अमेरिकामा निर्वाचन हुन् ३ महिना भन्दा पनि कम समय रहेको छ । मतसर्वेक्षणले कहिलेकाही काम गर्दैन । सन् २०१६ मा हिलारी क्लिन्टनको पक्षमा अत्यधिक राम्रो र सबै मुद्धामा ट्रम्पलाई हराएकी थिइन् । तर नतिजामा ट्रम्पले हिलारीलाई सजिलै हराएका थिए ।
तर पनि सम्पूर्ण लोकप्रिय मत( पपुलर भोट)मा हिलारीले डोनाल्ड ट्रम्प हराएकी थिइन् ।
प्रतिक्रिया