युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकारी( सिइओ) सुसान वोज्किकीको ५६ वर्षको उमेरमा अर्वूद रोगबाट निधन

इनेप्लिज २०८१ साउन २६ गते १६:५७ मा प्रकाशित

युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकारी( सिइओ) सुसान वोज्किकीको ५६ वर्षको उमेरमा अर्वूद( क्यान्सर) रोगबाट निधन भएको छ ।

युट्युबको प्रमुखको रूपमा ९ वर्ष सेवा गरेकी  र गुगलको पहिलो नियुक्तीमा समेत काम गरेकी  सुसान वोज्कीकीको क्यान्सर( अवूर्द) रोगसॅग लड्दै गर्दा  शुक्रबार ५६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

उनका श्रीमान् डेनिस ट्रोपरले शुक्रबार साँझ सामाजिक सॅजाल फेसबुक( अनुहारकिताव)मा उनको मृत्यु भएको घोषणा गरेका छन्।

 मेर प्यारी श्रीमती र हाम्रा पाँच छोराछोरीकी आमाले हामीलाई छोडेर गइन ।  मेरो जीवनको सबैभन्दा मिल्ने साथी, एक प्रतिभाशाली ,मायालु आमा र धेरैको प्यारो साथी थिइन भन्दै समवेदना प्रकट गरेका छन्।

उनले गुगलमा पनि काम गरेकी थिइन। उनी २०१४ मा युट्युवमा  सिइओ ( प्रमुख) समेत भएकी थिइन र बिरामी भए पछि २०२३ मा गुगल छोडेकी थिईन।

प्रतिक्रिया