कमला ह्यारिसको उपराष्ट्रपतिको घोषणा पछि ट्रम्प टोलीद्वारा वाल्जलाई आक्रमण गर्न सुरु

इनेप्लिज २०८१ साउन २३ गते ०:४९ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आक्रमण गर्न थालेको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले वाल्जलाई उनको दौडमा साथीको रूपमा( रॅनिग मेट) रोजे पछि आक्रमण सुरु भएको हो।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले मंगलबार उनि मिनेसोटाका गभर्नर टिम वाल्जसँग बहस गर्न चाहेको तर वाल्ज आधिकारिक रूपमा डेमोक्रेटिक उपराष्ट्रपतिको उम्मेदवार बनेपछि मात्र भनि टिप्पणी गरेका छन्।

वाल्जको विरुद्धमा अनुसन्धान संकलन गर्न पछिल्ला धेरै दिनहरू बिताएका पूर्व राष्ट्रपतिको अभियानले उनलाई ह्यारिस र राष्ट्रपति जो बाइडेन दुबै भन्दा बढी उदारवादी व्यक्तिको रूपमा आक्रमण गर्ने योजना बनाएको छ ।

गत चार वर्षको गभर्नरको रूपमा उनको अभिलेख( रेकर्ड) मुख्य ध्यान केन्द्रित गरि रहेका छन्।

साथै ट्रम्पका सल्लाहकारहरूले कांग्रेसमा उनको १२ वर्षको विवरणहरू सॅकलन गर्ने लगायतमा केन्द्रित रहने सिएनएनले जनाएको छ ।

प्रतिक्रिया