सोमालियाको राजधानीको समुन्द्रतटको एक चमेनागृहमा आत्मघाती बम हमला हुँदा कम्तीमा ३२ जनाको मृत्यु ,६३ जना घाइते

इनेप्लिज २०८१ साउन १९ गते १०:०५ मा प्रकाशित

सोमालियाको राजधानी मोगादिसुको समुद्र तटीय एक चमेनागृह (रेस्टुरेन्ट)मा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका सरकारी सञ्चारमाध्यम सोनाले शनिबार जनाएको छ ।

सोमाली उग्रवादी समूह अल-शबाबका छ जना सदस्यहरूले आत्मघाती बम प्रयोग गरेर समुन्द्रतटको चमेनागृहलाई निशाना बनाएका थिए । लिडो नामक समुन्द्रतटमा आक्रमण गर्ने पाँचजना आक्रमणकारीलाई “सुरक्षा बलहरूले निष्प्रभाव बनाएको सोनाले बताएको छ ।

सोनाका अनुसार घाइतेहरूलाई शहरभरका अस्पतालहरूमा लगिएको थियो। रक्तदानको लागि आकस्मिक आह्वान पछि मानिसहरुले अत्यधिक संख्यामा रक्तदान गरे ।

चरमपन्थी संगठनहरूको बिधुतिय (अनलाइन )गतिविधि पत्ता लगाउने संजालस्थल (साइट )इन्टेलिजेन्स समूहका अनुसार अल-शबाबले आक्रमणको जिम्मेवारी लिएको छ र उनीहरूले सोमाली अधिकारीहरूलाई लक्षित गरेको बताएका छन्।

इस्लामवादी लडाकु समूहले केन्द्रीय सोमाली सरकारलाई ध्वस्त पार्ने र शरिया कानूनको कडा व्याख्यामा आधारित शासन स्थापना गर्ने उद्देश्यले धेरै आक्रमणहरू र सञ्चालन गरेको दाबी गरेको छ।

अल-शबाब “विश्वको सबैभन्दा ठूलो र गतिशील रूपमा सक्रिय अल-कायदा संजाल हो,” । अमेरिकी अफ्रिका कमाण्डले गत वर्ष भनेको थियो। यो गिरोहलाई सन् २००८ मा अमेरिकाले र सन् २०१० मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को समितिले आतंकवादी समूहको संज्ञा दिएको थियो ।

गत वर्ष, यसले सोमालियामा अफ्रिकी संघको सैन्य आधारमा घातक हमला गरेको थियो । युगान्डा अधिकारीहरूका अनुसार कम्तिमा ५४ युगान्डा सैनिकहरू मारिए।

मोगादिसु स्थित बानादिर क्षेत्रको सरकारले यो कठिन समयमा सोमाली समुदायलाई समर्थन र सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया