शुक्रबार अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय दिँदै सरकारी दक्षता बिभागलाई करोडौं अमेरिकीहरूको व्यक्तिगत डेटा रहेको सामाजिक सुरक्षा प्रणालीमा पहुँच पाउने बाटो खुला गरिदिएको छ।
यो मुद्दा सरकारी दक्षता टोलीसॅग सम्बन्धित पहिलो सर्वोच्च अदालतको अपील थियो, जुन अघिल्लो समय इलन मस्कको नेतृत्वमा रहेको थियो। तीनजना उदारवादी न्यायाधीशहरूले उक्त निर्णयमा असहमति जनाए।
यस निर्णयले मेरिल्याण्डका एक संघीय न्यायाधीशले सरकारीदक्षता बिभागको पहुँचमा लगाएको प्रतिबन्ध हटाएको हो, जुन संघीय गोपनीयता कानुन अन्तर्गत लागू गरिएको थियो।
एपिका अनुसार सामाजिक सुरक्षा प्रशासनले अमेरिकी नागरिकहरूको विद्यालय अभिलेख, तलब विवरण र स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारीहरूराख्ने गर्दछ।
हाल मस्क सरकारी दक्षता बिभागबाट पछि हटिसकेका छन्, तर उनले अघि सारेको भ्रष्टाचारविरुद्धको यो दृष्टिकोण ट्रम्प प्रशासनले निरन्तरता दिएको देखिन्छ।
प्रतिक्रिया