एचआइभी सङ्क्रमित बालबालिकालाई नगद सहयोग

इनेप्लिज २०७२ भदौ १८ गते ५:२५ मा प्रकाशित

रामपुर (पाल्पा), १८ भदौ । एड्स समन्वय समिति रामपुरले नगरपालिकाभित्रका एचआइभी सङ्क्रमित तथा प्रभावितमध्ये विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोगस्वरुप नगद प्रदान गरेको छ ।

रामपुर नगरपालिकाले आव २०७१÷७२ मा विनियोजन गरेको रु २५ हजारबाट एचआइभी सङ्क्रमित तथा प्रभावित भएका नगरपालिकाभित्रका १० बालबालिकालाई कापी, कलमबापत प्रति बालबालिकालाई रु एक हजार प्रदान गरिएको हो ।
विसं २०६७ देखि साविकको रामपुर गाविसमा एचआइभी सङ्क्रमित तथा प्रभावितको जीवनयापनमा सहयोग गर्न र उनीहरुको हितमा काम गर्न सो समिति गठन गरिएको समितिका सचिव बिन्दु श्रेष्ठले बताउनुभयो
सो समितिले केही दिनपछि रामपुर नगरस्तरीय स्थानीय नागरिक, एचआइभी÷एड्स सङ्क्रमित र प्रभावित व्यक्ति एवम् यस क्षेत्रमा काम गर्ने संस्था, स्वास्थ्य क्षेत्र, राजनीतिक दल र सरोकारवालाको भेला बोलाई नगरस्तरीय समिति गठन गर्ने जनाएको छ ।

प्रतिक्रिया