अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा दोश्रो पटक उम्मेदवारी नदिने घोषणा गरे पछि रातारात ह्यारिस चुनाव अभियानले नयाँ प्रतिक चिन्ह (लोगो)सहित प्रचार सामाग्री सार्वजनिक गरेको छ ।
गत आइतबार दिउसो मात्रै बाइडेनले उम्मेदवारी फिर्ता गरेको केही समय पछि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे पछि सोमबार ह्यारिस अभियानले नयाँ प्रतिक चिन्ह (लोगो)सहित प्रचार सामाग्री सार्वजनिक गरेको हो ।
अब बिधुतिय रुप(अनलाइन)मा ह्यारिसको तस्बिर अर्थात् प्रतिक चिन्ह (लोगो)भएका सामग्री खरिद गर्न सकिने भएको छ । उता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनसुकै सामग्रीहरु सार्वजनिक गर्ने बित्तिकै सबै तुरुन्तै बिक्री हुन्छन् । उनका समर्थकहरुले एकै क्षणमा उनका तस्बिर भएका सामग्रीहरु खरिद गर्ने गरि रहेका छन् भने यसले चुनाव प्रचार प्रसारमा केही आर्थिक सहयोग हुने गर्दछ ।
यसै सिलसिलामा रातारात ह्यारिस अभियानले काम गरि ह्यारिसको तस्बिर भएका गन्जी(भेस्ट), (कफी/चिया)पिउने मग ,युवा अवस्थाको उनको तस्बिर ,बिभिन्न भेषभुषाका उनका जोडिएका तस्बिरहरु सहित भएका सामग्रीहरु खरिद गर्न सकिने भएको छ ।
उनले हस्ताक्षर गरेको मगको २२ डलर , कमला टी नामक लुगा(गन्जी)को ३२ डलर ,३४ डलर र पुरा बाहुला भएको लुगाको ७० डलर , कमला प्राइड फ्लाग मग (गर्व गर्ने मग)को २२ डलर आदी खरिद गर्न सकिने छ ।
सिएनएनका अनुसार अझै पनि चुनाव अभियानमा जोबाइडेन डटकम संचालन भै रहेको छ । ह्यारिस अभियानले नयाँ लोगो(प्रतिक चिन्ह)को अनावरण गर्दै ह्यारिस फर प्रेसिडेन्ट अर्थात् राष्ट्रपतिको लागि ह्यारिस सार्वजनिक गरेको छ ।
प्रतिक्रिया