नेतृत्वमा विश्वासको संकट: कांग्रेस र एमालेको एकता अबको आवश्यकता बन्दै!

इनेप्लिज २०८१ असार २७ गते ०:२१ मा प्रकाशित

विजय बगाले

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौ पटक प्रतिनिधिसभाबाट विश्वासको मत माग्ने समय आएछ । यसले उनको नेतृत्वको स्थायित्व र प्रभावकारितामा गहिरो प्रश्न उठाएको छ । राजनीतिक रूपमा यसलाई यसरी हेर्ने सकिन्छ । निरन्तर घट्दो समर्थनको यो श्रृंखला केवल व्यक्तिगत असफलताको मात्र होइन, हाम्रो राजनीतिक प्रणालीको दीर्घकालीन संकटको प्रतीक पनि हो ।

राजनीतिक विश्लेषण:

१ ) नेतृत्वमा विश्वासको संकट:

पाँच पटकसम्म विश्वासको मत माग्नुपरेकोले प्रधानमन्त्री दाहालको नेतृत्वप्रति व्यापक अविश्वासको संकेत देखिन्छ । यो केवल उनीमाथि मात्र नभई हाम्रो सम्पूर्ण राजनीतिक परिपाटीप्रति पनि जनताको निराशा दर्शाउँछ ।

२ ) राजनीतिक स्थायित्वको अभाव:

बारम्बारको राजनीतिक स्थायित्वको कमीलाई उजागर गरेको देखिन्छ । यसले सरकारको नीतिगत निरन्तरता र विकास योजनामा असर पार्छ ।

३) गठबन्धन राजनीति:

गठबन्धन सरकारहरूको प्रचलनले नेताहरूलाई बारम्बार विश्वासको मत माग्न बाध्य बनाएको छ । भने प्रणालीले राजनीतिक अस्थिरता र मतदातामा निराशा बढाएको प्रष्ट देखिन्छ ।

४) जनताको अपेक्षा:

जनताले स्थायी र विश्वासिलो नेतृत्व चाहन्छन । तर बारम्बारको राजनीतिक संकटले जनताको विश्वासमा निरासा छाएको छ । राजनीतिक दलहरूले जनताको विश्वास जित्न र स्थायित्व कायम गर्न नयाँ रणनीतिहरू अपनाउन आवश्यक छ ।

बिश्वासको मत लिने सवालमा देखिएका मतपरिणामहरू:

पहिलो पटक: २०७९ पुस २६ (२६८ मत)

दोस्रो पटक: २०७९ चैत ५ (१७२ मत)

तेस्रो पटक: २०८० फागुन ३० (१५७ मत)

चौथो पटक: २०८१ जेठ ७ (१५७ मत)

पाँचौँ पटक: २०८१ असार २८ (६३ मत)

यो तथ्याङ्कले दाहालको घट्दो समर्थनलाई स्पष्ट देखाउँछ । राजनीतिमा, यो क्रम जारी रहनु देशको लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि हानिकारक बनेकोछ । यसलाई रोक्नका लागि नेताहरूले जनताको विश्वास जित्नका लागि ठोस कदम चाल्न आवश्यक छ ।

जसका कारण पनि कांग्रेस र एमालेबीचको एकता अहिलेको आवश्यकता बनेको छ ।

प्रतिक्रिया