रुसले पुटिनका कट्टर विरोधी स्व एलेक्सी नाभाल्नीकी पत्नी युलिया नभाल्नाया विरुद्ध पक्राउ पूर्जी जारी गरेको सिविएसन्यूजले जनाएको छ ।
रुसले मङ्गलबार दिवंगत रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी निर्वासित विधवा युलिया नभाल्नायालाआ लागि पक्राउ पूर्जी जारी गरेको छ। उनलाई “चरमपन्थी संगठन” मा भाग लिएको आरोप लगाएको छ ।
उनि एक अर्थशास्त्री हुन भने उनको पतिक रूसमा व्यापक विरोध प्रदर्शन गर्दा पुरै पतिको साथ दिएकी थिइन ।
नाभाल्नीको मृत्यु फेब्रुअरी १६ मा स्थानीय समय अनुसार दिउँसो २:१७ बजे भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीको कारागारमै मृत्यु भएको थियो । स्व रुसी विपक्षी नेता ४७ वर्षका थिए ।
नाभाल्नी लामो समयदेखि राष्ट्रपति भ्लादिमिर पुटिनको काँडा बनेका थिए । उनी जर्मनबाट उपचार पछि २०२१ मा रूस फर्के र राजनीतिक रूपमा प्रेरित भएको आरोपमा उनलाई तुरुन्तै पक्राउ गरियो। त्यस पछि उनी थुनामा थिए ।
नाभाल्नीलाई चरमपन्थी समुदाय सिर्जना गर्ने, चरमपन्थी कार्यकर्ताहरूलाई आर्थिक सहयोग गर्ने र अन्य विभिन्न अपराधमा दोषी पाइएपछि अगस्तमा १९ वर्षको कैद सजाय सुनाइएको थियो। उनी पहिले नै ठगी र अन्य आरोपहरूमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको कारागार सजाय काटिरहेका थिए।
प्रतिक्रिया