न्यूयोर्कको लङ आइल्याण्डस्थित एक नङ प्रसाधनालय (नेल सैलुन)मा गाडी ठोक्किँदा कम्तिमा ४ जनाको मृत्यु , ९ जना घाइते

इनेप्लिज २०८१ असार १५ गते १३:०८ मा प्रकाशित

न्यूयोर्कको लङ आइल्याण्डस्थित एक नङ प्रसाधनालय (नेल सैलुन)मा गाडी ठोक्किँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

न्यूयोर्कको लङ आइल्याण्ड शहरमा गत शुक्रबार दिउँसो एउटा नङ प्रसाधनालय (नेल सलुन )अगाडि एउटा सानो मालबाहक (मिनिभ्यान)लाई चालकले ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन्।

सफोक काउन्टीको डियर पार्कको ग्रान्ड एभिन्यू(मार्ग)स्थित हवाई नेल तथा स्पामा स्थानीय समय अनुसार ४:४२ बजे दिउसो घटना भएको थियो।

चार जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो भने नौ जनालाई क्षेत्रीय अस्पतालमा लगिएको थियो। जसमध्ये एकलाई उदग्रबिमान (हेलिकप्टर)बाट पठाइएको थियो। धेरै मानिसहरूलाई बाहिर निकाल्नु परेको सिबिएसन्यूजले जनाएको छ ।

अस्पताल भर्ना भएका मध्ये चालक पनि थिए । घाइतेहरुको अवस्था बारेमा थाहा हुन नसकेको समाचारमा उल्लेख छ । दुर्घटनामा मारिएकाहरू भवन भित्र थिए भने कसैको नाम सार्वजनिक गरिएको छैन ।

उक्त घटनामा १५० वटा दमकल र आपतकालीन प्रतिक्रियाकर्ताहरू घटनास्थलमा थिए । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ भने घाइतेमध्ये कम्तीमा दुई जना नङ्ग पसलका ग्राहक थिए।

प्रतिक्रिया