आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने राष्ट्रपतिको निर्वाचनको लागि अमेरिकी राष्ट्रपतिको प्रथम बहस गत जुन २७ बिहिबारका सम्पन्न भएको छ । राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच चर्काचर्की बहस र दुवैले एक अर्कामा लान्छना र आरोप लगाउदै प्रथम वादविवाद टुंगिएको छ ।
राष्ट्रपति जो बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा तीन वर्ष सात महिना जेठा छन्। सिएनएनले आयोजना गरेको बहस गत बिहीबार राति सम्पन्न बहसमा ८१ वर्षीय बाइडेन ७८ वर्षीय ट्रम्प बीच आ आफ्ना भनाईहरु राखे ।
बाइडेनको आवाजमा समस्या रहेको थियो भने उनि बीच बीचमा अड्किएका थिए । उनि सानोस्वर र कर्कश आवाज साथ बोली रहेका थिए भने प्रायः स्पष्टताका साथ ट्रम्पसँग आफ्नो मतभेद व्यक्त गर्न असमर्थ रहे।
ट्रम्पले २०२४ को चुनावको नतिजा “निष्पक्ष र कानूनी” रुपमा स्वीकार गर्ने बताए । तर ट्रम्पले अझै २०२० को चुनावमा धोखाधडीको बारेमा आफ्नो झूट दोहोर्याए।
बाइडेनले त्यसको जवाफमा भने, “तपाई एक घमण्डी हुनुहुन्छ, र तपाई पहिलो पटक हार्नु भयो ।”
२०२० पछि यसरी राष्ट्रपतिका उम्मेदवार बीच यो बहस पहिलो पटक थियो । गर्भपतन, अध्यागमन, विदेश नीति, मुद्रास्फीति र अन्य विषयमा दुईबीच झगडा भएको थियो।
बाइडेनले ट्रम्पको आपराधिक सजायलाई प्रकाश पारे। ट्रम्पले बाइडेनका छोरा हन्टर बाइडेनको नाम लिदै दोषी ठहर गरिएको कुरा औल्याए । बहस कार्यक्रममै बाइडेनले ट्रम्पलाई ट्रम्पकी श्रीमती गर्भवती हुँदा अश्लिल चलचित्रकी कलाकार स्टर्मी डेनियलसँग यौनसम्पर्क गरेको आरोप लगाए ।
ट्रम्पले उत्तर दिदै भने भने, ‘मैले पोर्न (वयस्क )चलचित्रकी अभिनेत्री संग यौन समपर्क नगरेको दाबी गरे । बाइडेनको उमेर समस्या झन झन बढेको देखिएको छ । बाइडेनले राम्रो संग मतदातालाई सम्झाउन सकेनन । त्यसो गर्न उनी असफल भए ।
बाइडेनले बोलेको कहिलेकाहीं बुझ्न नसकिने प्रकारका थिए । तथ्याङ्क र कानून उद्धृत गर्ने प्रयास गरे तर राम्रो स्पष्ट उत्तर दिने सकेनन ।
बाइडेनले ट्रम्पलाई २०२० को चुनावलाई उल्टाउने प्रयासमा आक्रमण गर्ने अवसरहरू गुमाए । बाइडेनलाई चिसो लागेको स्पष्ट रुपमा बुझिन्थ्यो। ट्रम्पले उनि सबै भन्दा कह्रव राष्ट्रपति भएको आरोप लगाए । साथै बिश्वमा बाइडेनको छबि खस्किएको र अमेरिकाको प्रतिष्ठा घटेको बताए । अध्यागमन सम्बन्धी सर्वाधिक रुपमा अपराधी तथा आतंकवादीहरु समेत अमेरिका भित्रिएको ट्रम्पले बाइडेनलाई आरोप लगाए ।
सिमाना खुला गरेकोले अत्यधिक मानिसहरु आएकोले अहिले अमेरिकामा अस्वेत (अफ्रिकीअमेरिकी )तथा स्पानेली (स्पानिश)हरुले काम नपाएको बताए ।
प्रतिक्रिया