दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्नुभएको छ।
प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै , “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता भएको छ
उहाँले आफूलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद कतैबाट पनि सम्पर्क वा संकेतसमेत नदिइएको उल्लेख गर्नुभएको छ।
प्याकुरेलले राजदूत नियुक्ति सम्बन्धमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक रहेको भन्दै विज्ञप्ति मार्फत टिप्पणी गर्नुभएको छ।
प्रतिक्रिया