ट्रम्पद्वारा अमेरिकी महाबिधालय/ बिश्वबिद्यालयमा स्नातक गरेका विदेशी नागरिकहरूलाई स्थायी आवासीय पत्र (ग्रीन कार्ड) दिने प्रस्ताव

इनेप्लिज २०८१ असार ८ गते १३:२७ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी नागरिकहरूलाई “स्वचालित रूपमा” ग्रीन कार्ड दिने प्रस्ताव राखेका छन् । उनले एक एक पोडकास्टमा अन्तर्वार्ता दिंदा उक्त कुरा बताएका हुन ।द्वारा अमेरिकी महाबिधालय/ बिश्वबिद्यालयमा स्नातक गरेका विदेशी नागरिकहरूलाई स्थायी आवासीय पत्र (ग्रीन कार्ड) दिने प्रस्ताव गरेको सिएनएनले जनाएको छ ।

ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी नागरिकहरूलाई “स्वचालित रूपमा” ग्रीन कार्ड दिने प्रस्ताव राखेका छन् । उनले एक एक पोडकास्टमा अन्तर्वार्ता दिंदा उक्त कुरा बताएका हुन ।

उनले दिएको अन्तर्वार्ता र उनले अभिव्यक्त गरेका कुरामा मेल नखाएको सिएनएनले टिप्पणी गरेको छ । अर्थात् उनले गैरकानूनी आप्रवासनलाई रोक्ने र देश निकाला गर्ने उत्तेजक आप्रवासी विरोधी वक्तब्य र यो पछिल्लो अभिव्यक्ति फरक भएको छ ।

“यदि तपाईहरु कलेज(महाविद्यालयबाट स्नातक गर्नु हुनुहुन्छ भने मलाई लाग्छ कि तपाईहरुले स्वचालित रूपमा यस देशमा रहन सक्षम हुनको लागि स्थायी आवासीय पत्र (ग्रीन कार्ड) प्राप्त गर्नुपर्छ,” गत बिहीबार प्रसारित भएको “अल-इन पोडकास्ट” मा बताए ।

उनले अगाडी भने , यसमा महाबिद्यालय (जुनियर कलेज)हरू पनि समावेश छन्। जो कोही महाबिद्यालय/बिश्वबिद्यालयबाट स्नातक हुन्छ भने तपाई यो देशमा रहन सक्षम हुनुपर्दछ ।

ट्रम्प चुनाव अभियानका प्रवक्ता क्यारोलिन लेविटले भनिन ,स्नातक गर्नेहरुमा साम्यवादी (कम्युनिस्ट), कट्टरपन्थी इस्लामवादी, हमास समर्थक र अमेरिकालाई घृणा गर्नेहरुको जाँच गरिनेछ।

प्रतिक्रिया