प्रेस विज्ञप्ति‏

इनेप्लिज २०७२ भदौ १५ गते १२:५३ मा प्रकाशित

मिति: अगष्ट ३१,२०१५

यस नेपाल अमेरिका पत्रकार संघ-नेजाले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पुरस्कारका बारे आवश्यक कार्यविधी र विनियमावली बनाउने भएको छ । यसका लागि नेजाले संस्थाका महासचिव भोला आचार्यको संयोजकत्वमा एक तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा कार्य समितिकै सदस्यद्वय मधुकर अधिकारी र अग्नी चौलागाईं रहनु भएको छ । समितिलाई नेजा मार्फत पुरस्कार प्रदान गर्न इच्छा जाहेर गर्ने सबै पक्ष र नेजाका सदस्यहरुसंग छलफल गरी नेजा कार्य समितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्न जिम्मेवारी प्रदान गरिएको छ ।
नेजा कार्य समितिको आइतवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। नेजाका अध्यक्ष गौतम दाहालको सभापतित्वमा सम्पन्न बैठकमा संस्थाको विधान अनुसार सदस्यता लिन चाहनेहरुलाई सदस्यता खुला रहेको जानकारी गराउदै कार्य समितिका सबै पदाधिकारी र सदस्यहरुले आ आफ्नो क्षेत्रबाट सदस्यता विस्तारका लागि आपसी समन्वय गर्ने निर्णय गरिएको छ ।
यसैगरी नेजा आपतकालीन कोषमा सहयोग वृद्धि गर्नका लागि नेजाले हाल अमेरिका आएका कलाकारहरु जितु नेपाल,बद्री पगेनी,शीला आले र निरु खड्काको व्यवस्थापकीय टीमसंग समन्वय गरी विभिन्न शहरमा कार्यक्रम गर्न पहल गर्ने निर्णय समेत गरेको छ । यसको लागि कलाकार व्यवस्थापक पक्षसंग आवश्यक समन्वय गर्न अध्यक्ष गौतम दाहाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

भोला आचार्य
महासचिव, नेपाल अमेरिका पत्रकार संघ

प्रतिक्रिया