अमेरिकी राष्ट्रपति जो बाइडेनको यात्राको क्रममा क्यालिफोर्नियामा अमेरिकी गुप्तचर सेवाका सदस्यलाई बन्दुक देखाएर लुटिएको छ ।
अमेरिकी गुप्तचर सेवाका एक कर्मचारीलाई टस्टिन क्यालिफोर्नियामा लुटिएको हो । राष्ट्रपति बाइडेन गत शनिबार राति लस एन्जलसमा एक चुनाव अभियानको लागि कोष वृद्धि (फन्ड रेज )कार्यक्रममा रहेको समयमा उक्त घटना घटेको हो ।
गुप्तचर सेवा (सेक्रेट सर्भिस)का प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार गुप्तचर सेवाका सदस्य काम समाप्तबाट फर्कदै गर्दा लुटपाटको क्रममा उनि लुटिएका थिए ।
उनलाई कुनै चोटपटक नलागेको गुप्तचर सेवाले जनाएको छ । गोप्य सेवाले आपराधिक अनुसन्धान खुला र सक्रिय रहेको बताएको छ।
अनुसन्धानसँग परिचित एक स्रोतका अन्सुअर बाइडेनको क्यालिफोर्निया यात्राको समयमा उनि काम गरिरहेका थिए, तर उनी घटनाको समयमा कर्तब्यमा नभएको(अफ ड्युटी)समयमा लुटिएका थिए ।
टस्टिन प्रहरी विभागले बताए अनुसार घटना राती ९:३० बजे भएको थियो । बिभागका अनुसार कोही पनि संदिग्धहरू फेला परेका छैनन् ।
डेमोक्र्याटहरूले आयोजना गरेको लस एन्जलसको कोष वृद्धि कार्यक्रममा ३० मिलियन डलर सङ्कलन भएको थियो । उक्त कार्यक्रममा राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ओबामा ,हलिवुडका हस्ती कलाकारहरु जुलिया रोबर्ट्स, बारब्रा स्ट्रिस्यान्ड, शेरिल ली राल्फ, जर्ज क्लुनी, जेसन बेटम्यान र जिमी लगायतहरुले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया