सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज हुने-उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

बेद प्रसाद घिमिरे २०८१ जेठ ३२ गते २१:४८ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताउनु भयो उहाँ ले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भएमात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताउनुभयको छ ।

सय दिनको उपलब्धीबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उहाँले यसका लागि काम भइरहेको बताउनु भयो
“सिंहदबार प्रवेश गर्न कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छेभित्र भए फोन गरिर्दिएर काम गर्न पाउने, त्यसलाई अन्त्य गर्ने प्रयास हो र अहिले प्राविधिक रूपमा टेस्टमा नै छ,” उहाँले भन्नुभयो ।

लामिछानेले डिजिटल सेवा दिन लागिएको भन्दै केही दिनभित्रै सेवा सुरु गरिने जानकारी दिनुभयो । “यो लगइन गर्ने, पास गर्ने सामन्य प्रक्रिया हो । अब सिंहदरबार हर नागरिकका लागि खुला छ । कसैले रेकमेन्ड गर्नुपर्दैन, काम भएका सबै आममान्छेका लागि सुरक्षित ढंगले खुला छ,” उहाँले भन्नुभयो

प्रतिक्रिया