धनगढी,जेठ २८ । विनासकारी हावा हुरीका कारण कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका मोहन्यालमा सबै भन्दा ठूलो क्षति हुन पुगेको छ ।
हावा हुरीले काठे घरका छाना, टीन देखि लिएर खरका छानाहरु समेत पूर्ण रुपमा नष्ट गरिदिए पछि प्रभावित परिवारहरु खुल्ला आकाशमूनि बस्न बाध्य भएका छन् ।
हावा हुरीले मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ सोल्टा र ७ बढीगाउँमा निकै ठूलो असर पुगेको
कुरा मोहन्याल गाउँपालिका वडानम्बर ६ का निवर्तमान वडाअध्यक्ष टीका भण्डारीले जानकारी दिएका छन् ।
बैशाख महिनाको अन्तीम साता तिर जंगलमा लागेको डढेलोका कारण ठूलो संख्यामा वनजंगल विनास हुनुका साथ साथै जंगलबाट गाउँघरतर्फ पसकेको डढेलोबाट केहि घरहरु जलेर नष्ट हुनुकासाथ साथै केहि चौपायाहरु समेत मरेका थिए ।
एउटा बिपद सकिन नपाउँदै पुनः जेठको १८ गते साँझ आएको हावाहुरीका कारण मोहन्यालका सात वटै वडाहरुमा ठूलो नोक्सानी भएको बताइएको छ ।
हावा हुरीले आँप ,लिची, कटहर लगायतका फलफुलका रुखहरु समेत ढालेको कुरा मोहन्याल २ कोल्तडीका स्थानीय कृष्ण ओलीले जानकारी दिएका छन् । यस्तै हावाहुरीले मोहन्याल ४ मापनि नोक्सानी गर्नुका साथ साथै घर टहराहरु समेत भत्काई दिएको कुरा स्थानीय तेज बडुवालले जनाकारी दिएका छन् ।
खासगरी हावा हुरीले मोहन्यालमा साढे तीन सय घर टहरामा असर पुगाएको बताइएको भएतापनि गाउँपालिकाले यथार्त विवरण भने ल्याउन बाँकी रहेको जनाइएको छ ।
हावा हुरी प्रभावित कैलालीका मोहन्याल र चुरेका जनताको अवस्थाको बारेमा नत रेडक्र नत निकाय र प्रदेश सरकारलेनै चासो देखाउन सकेको छैन ।
बर्षातको बेलामा आएको विनासकारी हावाहुरीबाट प्रभावित जनतालाई राहत प्रदान गर्नका लागि स्थानीय निकायले चाडो भन्दा चाडो विवरण संकलन गरेर आवश्यक क्षतिपूर्तिका लागि आवश्यक पहल चाल्नु पर्ने धारणा आम प्रभावितहरुको रहेको छ ।
हावाहुरीले प्रभावित पारेको एक साता वित्नै लाग्दा सम्म पनि स्थानीय निकायले प्रभावित परिवारको तथ्यांक संकलन गर्ने र रातका लागि सरकोकारवाला पक्षलाई घचघच्याउने कुरामा मोहन्याल गाउँपालिका र त्यसको नेतृत्व पूर्ण रुपमा असफल देखिएको छ । हावाहुरीले प्रभावित परिवारलाई तत्काल घर टहरा छाउने टीनको पाता सहयोग नगर्ने हो भने बर्षातको समयमा समेत तीं प्रभावित परिवारहरुले थप दुःख खेप्नु पर्ने, अवस्था सिर्जना नहोस् भन्नका लागि पनि प्रदेश सरकार र स्थानीय निकायले समसयाको दिर्घकालिन समाधान तर्फ लाग्नु पर्ने जरुरी देखिन्छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया