बाल्टिमोरको भागवत सप्ताहको पहिलो दिन मै समाजसेवी केसीले दिए ७० हजार डलर चन्दा,कलश यात्रा अभूतपूर्व

विजय थापा २०८० चैत १८ गते ०:४२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म प्रारम्भ भएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिएका छन् ।

मनकारी तथा दानबीर केसीले आज देखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सार्वजनिक रुपमा त्यति रकम दिने घोषणा गरेका हुन् । स्मरण रहोस उनले बिगतमा हिन्दु बुद्ध मन्दिरलाई पहिले नै ५५ हजार डलर दान दिई सकेका छन् । यो मन्दिरलाई कूल १२५ हजार डलर दिने केसी अहिले सम्म कै सर्वाधिक उच्च चन्दा दिने व्यक्ति भएका छन् ।

उनले वाचन प्रवीण दीनबन्धु पोखरेलले आज देखि सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञमा बारे भागवत बारेमा मात्र प्रकाश पार्दै गर्दा केसीले बीचमै ७० हजार डलरको घोषणा गरेका हुन् ।

उनले चन्दा दिए पछि खुसि हुदै नाचेका थिए । आज सुरुवात भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अन्य साना साना चन्दा संकलन भएता पनि ठूला चन्दाको सुरुवात भोली देखि ब्यापक रुपमा हुनेछ ।

मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रुपमा कलश यात्रा सम्पन्न गरियो। सप्ताह महापुराणमा ५०१ वटा कलश सबै समुदायले १०१ डलर तिरेर आफै सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक सजावट गरि कलश नै राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा कलश यात्रा पछि सोही स्थानमा ७ दिन सम्मको लागि राखिएको छ ।

कलश यात्रा पछि औपचारिक कार्यक्रम गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा काउन्टीका बिशेष अतिथि, ललितपुर महानगरका नगर प्रमुख चिरि बाबु महर्जन ,महावाणिज्यदूत प्रेम राजामहत ,वाचन प्रवीण दीनबन्धु पोखरेल,मन्दिरका अध्यक्ष डा श्याम कार्की ,उपाध्यक्ष क्रिस घिमिरेले मन्तब्य राखेका थिए ।

औपचारिक कार्यक्रम पछि केही समय बिश्राम पश्च्यात ,वाचन प्रवीण दीनबन्धु पोखरेलले भागवतको विशेष मात्र प्रकाश पार्दै भागवत कथा भोली मार्च ३१ देखि सुरु गर्ने श्रद्धालु भक्तजनलाई बताए ।

आज देखि सुरुवात भएको महापुराणमा बिहानै देखि चहलपहल दिउसो सम्म रहेको थियो भने अब लगातार ७ दिम सम्म प्रवचन कथा हुने छ । हरेक दिन दिउसो २ बजे देखि कथावाचन हुने भएको छ । नेपालको पुरातात्विक महत्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन हुने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ ब्यबस्थापन समितिले प्रसाद बितरणको पनि प्रवन्ध गरेको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो ।

बिहानै देखि हजारौ सवारीसाधनहरुलाई व्यवस्थित रुपमा राख्ने स्थलको व्यवस्थापन मिलाईएको थियो भने अन्तिम प्रवचन सम्म श्रद्धालु भक्तजनहरुले भजनमा नाचगानमा सहभागिता जनाएका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया