अमेरिकाको भर्जिनिया राज्यको हर्न्डन शहरमा बुधबार दिउँसो गोली चल्दा एक किशोरको मृत्यु भएको छ ।
एनबिसीवाशिंगटनका अनुसार प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
“हामी संदिग्ध व्यक्ति को हो भनेर हामीले खोजी गरिरहेका छौं।”फेयरफ्याक्स काउन्टीका प्रहरी उपप्रमुख ब्रुक राइटले बताइन । साँझ ४ बजे अघि तीन किशोरहरु बीचको झगडाले गोली चलाएको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शीका अनुसार हर्नडन शहरको कोपरमाइन सडक स्थित एक अतिथिगृह(होटल)को १३७०० भवन समूहको सवारी साधन अड्डामा गोली चलेको थियो ।
तीन किशोरहरू बीच झगडा भयो । तिनीहरूमध्ये एकले बन्दुक निकाले र अन्य किशोरहरूलाई कम्तीमा तीनवटा गोली हाने, उनीहरूमध्ये एकलाई प्रहार गरी हत्या गरे, प्रहरीले भने।
तेस्रो किशोरलाई गोली लागेन तर उनले प्रहरीलाई गोली चलाउने व्यक्तिलाई पहिचान गर्न सहयोग गरेको समाचारमा जनाईएको छ । उक्त घटना पछि त्यहाँ ठूलो प्रहरीहरु जम्मा भएका छन् । फेयरफ्याक्स काउन्टी प्रहरीले कालो कपडा लगाएका एक स्पानेली (हिसपानिक )पुरुषको खोजी गरिरहेको छ।
बन्दुकधारी लुटी लुईस कोट्स इलिमेन्टरी स्कूल( प्राथमिक बिद्यालय) तिर भागेको विश्वास गरिएकोले प्रहरीले यस क्षेत्रमा खोजी गर्दा बिद्यालय बन्द गरिएको थियो।
प्रतिक्रिया