आकाशबाट सहायता सामाग्री खस्दा गाजामा ५ जनाको मृत्यु

इनेप्लिज २०८० फागुन २५ गते १९:३७ मा प्रकाशित

सहायता सामाग्री राम्रोसॅग प्रवन्ध गर्न नसक्दा र हवाईजहाजबा खस्दा गाजा ५ जनाको मृत्यु भएको सिविएसन्यूजले जनाएको छ ।

 गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारीहरू र एक प्रत्यक्षदर्शीले सीबीएस न्यूजलाई बताए अनुसार कम्तिमा सामाग्री माथीबाट खस्दा शुक्रबार पाँच जनाको मृत्यु भएको छ ।

मानिसहरू उत्तरी गाजाको अल-शाती शरणार्थी शिविरमा थिए।  घटना स्थानीय समय अनुसार बिहान ११:३० भएको थियो।

 घटनामा मारिएका पाँच जनामध्ये दुई जना किशोर अन्य ११ जना घाइते भएका छन ।

मृत्यु हुनेको उमेर खुल्न नसकेको तर घाइतेहरुको उमेर ३० देखि ५० वर्षको बीचमा रहेको बताइएको छ ।

अमेरिका, जोर्डन, इजिप्ट, फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमले त्यहाँ निरन्तर बिग्रँदै गएको मानवीय संकटको बीचमा बासिन्दाहरूलाई अत्यन्त आवश्यक खाद्यान्न सहित आपूर्तिहरू प्राप्त गर्ने प्रयासमा शुक्रबार गाजामा सहायता सामाग्रीहरु माथीबाट खसालेका हुन।

प्रतिक्रिया