तीन गाविस पूर्ण खोपयुक्त घोषित

इनेप्लिज २०७२ भदौ १३ गते २:५३ मा प्रकाशित

timthumb.php_-300x225मुस्ताङ, १३ भदौ । जिल्ला स्वास्थ्य कार्यालयले तीन गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ ।

जन्मेदेखि २३ महिना उमेर समूहभित्रका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पूरा गरेपछि कुञ्जो, टुकुचे र मार्फा गाविसलाई शनिबार पूर्ण खोपयुक्त घोषणा गरिएको हो । पूर्ण खोपयुक्त गाविस घोषणका लागि १० प्रकारका रोगविरुद्ध अनिवार्य रुपमा खोप लगाएको हुनुपर्छ ।

टुकुचेमा २७, कुञ्जोमा २० र मार्फामा ३६ बालबालिका रहेको र उनीहरुले अनिवार्य रुपमा खोप लगाएको पाइएपछि ती गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बद्री आचार्यले जानकारी दिनुभयो । १६ गाविस रहेको जिल्लामा १३ गाविसमा खोप अभियानलाई तीव्र गति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया