भर्जिनिया जिल्ला १० का अमेरिकी सांसदका नेपाली मूलका उम्मेदार एड्रियन पोखरेलले आफ्नो चुनाव अभियानको लागि कार्यालयको उद्घाटन गर्ने भएका छन् ।
उनले सबै समुदाय सदस्यहरुलाई उक्त कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन् आह्वान समेत गरेका छन् । आगामी आइतबार मार्च ३ का दिन बिहान ११ बजे(अमेरिकी पूर्वीय समय)मा हुने भएकोले उपस्थितिको लागि सबैलाई अनुरोध गरिएको छ ।
उनले ११ बजे रातो फित्ता (रिबन)काट्ने ,कार्यक्रमको रुपरेखा तथा केही सम्बोधन समेत हुने जनाएका छन् । कार्यक्रम १ :३० बजे सम्म हुने छ भने कार्यक्रममा प्रश्न उत्तर सहित निर्वाचन प्रचार प्रसार अभियानको बारेमा संक्षिप्त जानकारी दिइने छ ।
त्यसको साथै चुनाव अभियानको सन्दर्भमा भविष्यको लागि रणनीतिक दृष्टिकोण समेतमा चर्चा हुनेछ । कार्यक्रम 1319 shepard dr ,sterling va 20164 मा आयोजना गरिने भएको छ ।
प्रतिक्रिया