भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल उनको निधन भएको हो ।
बिगत लामो समयदेखि बिमारी रहेका आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । उनले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । उनको १९९९ सालमा धनकुटामा भएको हो ।
आचार्यका कालजयी गीतहरु मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा लगायत थुप्रै गीतहरु लोकप्रिय छन् ।
स्व आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
प्रतिक्रिया