महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २७ गते धुलिखेलको हिमालय दृष्य रिसोर्टमा साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको निर्वाचन गर्ने, संचालक सेवा सुविधा निर्धारण गर्ने, मर्जर्कोलागी संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १४गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
प्रतिक्रिया