आइडीएफद्वारा नासिर अस्पतालमा छापा मार्ने क्रममा अक्टोबर ७ मा भएको आक्रमणबाट २० भन्दा बढी संदिग्धलाई पक्राउ गरेको दाबी

इनेप्लिज २०८० फागुन ४ गते १२:२७ मा प्रकाशित

आईडीएफ अर्थात् इजरायल रक्षा बलले खान युनिसको नासिर अस्पतालमा छापा जारी राख्दै अक्टोबर ७ मा भएको आक्रमणबाट २० भन्दा बढी संदिग्धलाई पक्राउ गरेको बताएको छ।

आईडीएफ विशेष बलहरूले नासिर अस्पतालमा हमास आतंककारी संगठन विरुद्ध काम गर्न जारी राखेको बताएको छ । साथै सैनिकहरूले अस्पताल भित्र हतियारहरू फेला पारेको र दर्जनौं आतंककारी संदिग्धहरूलाई पक्राउ गरेको इजरायली सेनाले शुक्रबार एक विज्ञप्तिमा जनाएका छन् ।

आइडिएफले हिरासतमा परेका व्यक्तिहरू र हमासद्वारा अक्टोबर ७ मा भएको आक्रमणमा उनीहरूको संलग्नताको प्रकृतिबारे थप विवरण नदिएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

“आतंकवादी गतिविधिका लागि अस्पतालहरूको प्रयोग, नागरिक क्षेत्रबाट गोलाहरू प्रहार गर्नु र बन्धकहरू राख्नु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो,” आईडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले विज्ञप्तिमा भनेका छन्।

आईडीएफले अस्पताल भित्र आफ्नो कारवाही अझै जारी रहेको बताएको छ। आईडीएफले नासिर अस्पतालमा कारवाही गर्नु अघि सयौं नागरिकहरूलाई सुविधा छोड्न आदेश दिएको थियो

प्रतिक्रिया