मेक्सिकोको क्यानकुन नजिकै पर्यटक बोकेको डुंगा डुब्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । एबिसीन्यूजका अनुसार उक्त डुंगामा १६ पर्यटक र तीन चालक दलका सदस्य सवार थिए ।
एक दर्जनभन्दा बढी पर्यटक बोकेको एउटा डुङ्गा क्यानकुनको समुद्री तटमा डुबेर कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इस्ला मुजेरेसबाट पुएर्टो जुआरेजको लागि यात्रा गरिरहेको डुङ्गाले शक्तिशाली समुन्द्री लहरको चपेटामा परेको कारण दुर्घटना हुन् पुगेको हो ।
कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई वयस्क पुरुष, एक वयस्क महिला र एक नाबालिग सहित सात जना अझै बेपत्ता रहेका छन्। उद्धार कार्य जारी रहँदा अधिकारीहरूले यात्रुको परिचय भने खुलाएका छैनन्।
अहिलेसम्म आठजनाको उद्धार गरिएको छ तर उनीहरुको अवस्था र संलग्न यात्रुको राष्ट्रियता भने हालसम्म अज्ञात रहेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया