हेटीमा ६ जना भिक्षुणी(नन)हरु गाडीमा यात्रा गर्दै गर्दा अपहरणमा

इनेप्लिज २०८० माघ ६ गते १५:२१ मा प्रकाशित

हेटीमा ६ जना भिक्षुणी(नन)हरु सार्वजनिक यात्रीयान (बस)मा यात्रा गर्दै गर्दा अपहरणमा परेका छन् । राजधानी हुँदै यात्रीयानमा यात्रा गर्दा हेटीमा ६ जना जोगिनीहरु अपहरण भएको धार्मिक नेताहरूले बताएका छन्।

उनीहरु गत शुक्रबार अपहरणमा परेका हुन् । जोगिनीहरूसँग यात्रीयानमा अज्ञात संख्यामा अज्ञात व्यक्तिहरू थिए जसलाई पनि अपहरण गरिएको हैटियन कन्फरेन्स अफ द रिलिजियसद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

जोगिनीहरु सेन्ट एनीको दिदीबहिनीहरूको मण्डलीबाट आएको बताईएको छ । शुक्रबार भएको अपहरणका लागि को जिम्मेवार हुन् भन्ने थाहा भै नसकेको एबिसीन्यूजले जनाएको छ ।

यद्यपि पोर्ट-ओ-प्रिन्सको अनुमानित ८० % नियन्त्रण गर्ने गिरोहहरूलाई हजारौं अपहरणहरूको लागि दोष लगाइएको छ। संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ हजार व्यक्ति अपहरणमा परेका थिए ।

गत बर्ष नोभेम्बरको अन्त्यमा, प्रख्यात चिकित्सक डगलस पापेलाई पोर्ट-ओ-प्रिन्समा अपहरण गरिएको थियो। धेरै फिरौती तिरे पनि उनी अझै रिहा हुन न
सकेको स्थानीय संचार माध्यमले उल्लेख गरेको छ ।

अक्टोबर २०२१ मा एक अमेरिकी धार्मिक संगठनका १७ सदस्यहरूलाई अपहरणमा परेका थिए । केहीलाई दुई महिना कैदमा राखेपछि रिहा गरिएको थियो ।

प्रतिक्रिया