इजरायली क्षेप्यास्त्र आक्रमणमा डमास्कसमा ४ इरानी सैन्य सल्लाहकारको मृत्यु भएको सिरियाको सरकारी दूरदर्शन(टिभी)ले जनाएको छ
डमास्कसको एक भवनमा इजरायली क्षेप्यास्त्र (मिसाइल )आक्रमणमा ४ इरानी सैन्य सल्लाहकार र सिरियाली सेनाका धेरै सदस्यहरू मारिएको इरानको अर्ध-आधिकारिक तस्निम समाचार निकायले जानकारी दिएको छ ।
सिरियाली सरकारी संचारमाध्यम जसले इजरायललाई पहिले इरानी दूतावास सहित धेरै कूटनीतिक नियोगहरूको घर, माज्जेह छिमेकमा शनिबारको क्षेप्यास्त्र हमलामा धेरै व्यक्तिको मृत्यु र घाइते भएको आरोप लगाएको थियो ।
सिरियाली नागरिक रक्षा टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको खोजी गरिरहेको संचार माध्यमले बताएको छ । साथै आक्रमणमा वरपरका भवनहरू र नजिकका सवारी साधनहरू पनि क्षतिग्रस्त भएका छन्।
सिएनएनले टिप्पणीको लागि इजरायल रक्षा बललाई सम्पर्क गरेको जनाएको छ ।
प्रतिक्रिया