राजपरिवारले आफू वरिपरिका अवसरवादी तत्वहरुको पहिचान गरि निष्कासन गर्नुपर्छ

इनेप्लिज २०८० माघ ५ गते १२:०७ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाह परिवारले सर्वप्रथम आफु वरिपरिका स्वार्थी र अवसरवादी तत्वहरुको पहिचान गरि निष्कासन गर्न आवश्यक रहेको छ ।

राजा ज्ञानेन्द्र शाह परिवारले सत्ता आफनो हातमा लिएपछि तत्काल गर्नुपर्ने कामहरू यस प्रकार छन ।

(१) राजा ज्ञानेन्द्र शाह परिवारले तत्काल हृदयेन्द्र शाहको राज्यभिषेक गर्नुपर्छ ।

(२) राजा ज्ञानेन्द्र शाह परिवारले सर्वप्रथम आफु वरिपरिका स्वार्थी र अवसरवादी तत्वहरुको पहिचान गरि निष्कासन गर्ने ।

(३) बन्द भएका कल कारखानाहरु संचालन गरि मुलुकमा रोजगारीको व्यवस्था गर्ने ।

(४) युवाहरूलाई बाहिरी मुलुक पलायन हुन नदिन आकर्षक योजनाहरु बनाउने ।

(५) ग्रामीण देखि राष्ट्रिय स्तर सम्म रोजगारको व्यवस्था गर्ने ।

(६) युवाहरूलाई रोजगारी नहुन्जेलसम्म को लागि बेरोजगार भत्ता दिने ।

(७) कर्मचारीहरुलाई महँगी अनुसारको तलब वृद्धि गर्ने र राम्रो नाम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप बोनस दिने अर्थात प्रमोसन गर्ने ।

(८) महँगी नियन्त्रण गर्ने

(९) शिक्षा र स्वास्थ्य पुर्ण रूपमा निशुल्क गर्ने ।

(१०) मुलुकमा सुशासन व्यवस्था कायम गर्ने ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया