कम्पाला , युगान्डा ।
अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले यहाँका नेपालीहरुका समस्या आफुले प्राथमिकतामा राखेर समाधान गर्ने बताउनु भएको छ । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा पुग्ने बित्तिकै गैरआवासिय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदुत युगाण्डाको संयुक्त आयोजनामा गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यसो भन्नू भएको हो । त्यस अघि परराष्ट्र मन्त्री एनपी साउँदले बिदेशमा रहेका नेपालीहरुका समस्यामा सरकार जानकार रहेको र यसको समाधानको लागि कटिबद्ध रहेको छ भन्नू भयो ।
अफ्रिकामा रहेका नेपालीहरुका थप समस्याहरु यहाँ आउदा जानकारी पाएको र यसलाई समाधान गर्ने छौ उहाले भन्नू भयो । त्यस अघि एनआरएनए युगान्डाका तर्फबाट अफ्रिकामा नेपालीहरुको स्थिती र बेहर्नु परेको समस्या जानकारी गराइएको थियो । मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याई अलपत्र पारिदिने , अबैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने , श्रम स्वीकृती , पासपोर्ट नविकरण , नेपाल एयर्पोर्टमा अध्यागमनले दिने दु:ख , बैंकिङ्ग कारोबार लगाएतका समस्या समधानका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. सुधीर रुपारेलियाले युगाण्डामा प्रधानमन्त्री , परराष्ट्रमन्त्री लगाएत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ भन्नू भयो । उहाले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन पर्यन्त गर्नु पर्ने आवाश्यकता रहेको छ भन्नू भयो । कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगाएत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।
एनआरएनए युगान्डाका अध्यक्ष रमा अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा पुर्व अध्यक्ष रमेश कंडेल , बिनोद थापा , प्रेम श्रेष्ठ लगाएतले विशिष्ट अतिथीहरुलाई स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया